काठमाडौं : अष्ट्रेलिया विरुद्धको एकदिवसीय क्रिकेट घरेलु टोली श्रीलंकाले जितेको छ। कोलम्बोमा गएराति भएको खेलमा श्रीलंकाले अष्ट्रेलियालाई ४ रनले हराएको हो। जितसँगै श्रीलंकाले पाँच खेलको सिरिज एक खेल अगावै ३–१ ले जितेको छ।श्रीलंकाले घरेलु भूमिमा २० वर्षपछि अष्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिज जितेको हो। श्रीलंकाले दिएको २ सय ५९ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५० ओभरमा अलआउट हुँदै २ सय ५४ रन मात्र बनाउन सक्यो। अष्ट्रेलियाका लागि डेभिड वार्नरले ९९ रनको अर्धशतकीय इनिङ खेले