सबै प्रकारका भत्ता खारेज

सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ देखि स्रोतमा परेको चापलाई दृष्टिगत गर्दै सबै प्रकारका प्रोत्साहन, अतिरिक्त समय भत्तालगायतका भत्ता खारेज गरेको छ। आर्थिक मितव्ययिता अपनाउन र अनावश्यक खर्च कटौती गर्न भन्दै सरकारले कर्मचारीलाई प्रदान गरिने अतिरिक्त र प्रोत्साहन भत्ता खारेज गर्ने घोषणा गरेको हो। अर्थमन्त्री डा. प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा पेस गरिएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सो घोषणा गर्नुभएको हो। अहिले सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, स्वास्थ्य मन्त्रालय अन्तर्गतका विभिन्न कार्यालयलगायतका निकायमा काम गर्ने कर्मचारीले प्रोत्साहन भत्ता पाउँदै आएका थिए। कार्यालय समयभन्दा अलग्गै समयमा काम गर्ने कर्मचारीलाई अतिरिक्त समय भत्ता पाउँदै आएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

सम्बन्धित सामग्री

खर्च कटौतीको सरकारी योजना : कर्मचारीको भत्ता खारेज, भवन नबनाउने र गाडी नकिन्ने

१५ जेठ, काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०- ८१ को बजेट वक्तव्य प्रस्तुत गर्दा अनावश्यक प्रकृतिका निकाय खारेज गर्ने घोषणा गरे। उनले सार्वजनिक खर्च पुनरावलोकन आयोगका सुझाव क्रमश कार्यान्वयन गर्ने भन्दै सरकारको स्थायी संरचनासँग दोहोरो कार्यक्षेत्र परेका, ‍औचित्य समाप्त भएका र परिवर्तित सन्दर्भमा आवश्यक नरहेका संस्था खारेज गर्ने बताएका थिए। प्रदेश र स्थानीय […]

प्रोत्साहन भत्ता र अतिरिक्त भत्ता खारेज

काठमाडौँ- अर्थमन्त्री डा.प्रकाश शरण महतले स्रोतमा परेको चापलाई मध्यनजर गरी आगामी आर्थिक वर्षका लागि सबै प्रकारका प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्ता लगायतका भत्ता खारेज गरेको बताएका छन्। उनले संसद्‌मा बजेट अगामी आर्थिक बर्षको बजेट वक्तव्य मार्फत् यस्तो घोषणा गरेका हुन् । सरकारबाट अनिवार्य रूपमा प्रतिनिधित्व गर्नुपर्ने बाहेक अन्...

बैठक भत्ता बुझ्नेको उम्मेदवारी खारेज हुँदा पेन्सन खानेको रहन्छ?

काठमाडौँ – निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ मा उम्मेदवारी दिएकी डा. तोसिमा कार्कीले मेडिकल काउन्सिलको सदस्यका रुपमा बैठक भत्ता बुझेको आधारमा उम्मेदवारी खारेज गर्‍यो। बैठक भत्ता बुझ्नुलाई ‘लाभको पद’ ग्रहण गरेको ठहर गर्दै आयोगले शनिबार कार्कीको उम्मेदवारी खारेज भएको सूचना सार्वजनिक गरेको हो। कार्कीले गत भदौ २८ गते नै आफूले मेडिकल काउन्सिलको सदस्य भएका […]

बैठक भत्ता र भ्रमण भत्ता लिएको भन्दै डा. तोसिमाको उम्मेदवारी खारेज

काठमाडौँ : मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको छ।डा. कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भई लाभको पदमा बहाल रहेकाले निजको उम्मेदवारी खारेज गरिएको निर्वाचन आयोगले जनाएको छ।निर्वाचन कार्यालय ललितपुरमा उजुरी पेश भएकोमा डा. कार्कीलाई स्पष्टीकरण सोधिएको पनि आयोगले जनाएको छ।डा. कार्की २०७८।९।२ देखि ४ वर्षका लागि नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य

हतार हतार बेरुजु बुझाएपछि श्रेष्ठविरुद्धको उजुरी खारेज

काठमाडौँ – काठमाडौँ–२ प्रदेशसभा २ का एमाले उम्मेदवारी सुवर्ण श्रेष्ठविरुद्ध परेको उजुरी खारेज भएको छ। श्रेष्ठले आफ्नो नाममा महालेखा परिक्षकले औंल्याएको बेरुजु मंगलबार नै हतार हतार बुझाएर भौचर निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेपछि उजुरी खारेज भएको हो। श्रेष्ठले शंखरापुर नगरपालिकको प्रमुख रहँदा आर्थिक वर्ष २०७६/७७ मा कोरोना महामारी नियन्त्रणका नाउमा ७०,६१८ रुपैयाँ भत्ता लिएको महालेखाको […]

खाँदबारीका जेष्ठ नागरिकको घरमै भत्ता पुर्‍याउने मेयर थपलियाले प्रतिवद्धता

काठमाडौं । संखुवासभाको खाँदबारी नगरपालिकाका नवर्निवाचित मेयर महेश थपलियाले जेष्ठ नागरिक भत्ता घरदैलोमा पुर्‍याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । खाँदबारीमा भएको एक कार्यक्रममा उहाँले जेष्ठ नागरिकहरुलाई घर–घरमै निःशुल्क स्वास्थ्य परीक्षण र औषधि उपचारको व्यवस्था गरिने पनि बताउनुभयो । किसानले उत्पादन गरेका कृषिजन्य बस्तुमा लाग्दै गरेको करसमेत खारेज गरिने भन्दै मेयर थपलियाले नगरपालिका क्षेत्रभित्रका सुत्केरी महिलाहरुलाई […]

सांसदलाई 'ब्याड न्युज'– खारेज भयो दशैं भत्ता

चौतर्फी आलोचना र सरोकारवालाको खबरदारीपछि संघीय संसद् सचिवालयले यसपटक देखि सांसदलाई दशैं भत्ता बाँड्ने प्रचलन अन्त्य गरेको छ । संसद् सचिवालयले मंगलवार दशैं भत्ताविनै असोज महिनाको तलब सांसदको खातामा पठाएको छ ।  संघीय संसद् सचिवालयका प्रमुख लेखा नियन्त्रक वसन्त सिग्देलले यसपटक सांसदलाई दशैं भत्ता नपठाइएको लोकान्तरलाई जानकारी दिए । ‘माननीय सदस्य र पीएको असोज महिनाको तलब आज खातामा पठाएका छौं, तर दशैं भत्ता राखिएको छैन,’ सिग्देलले लोकान्तरसँग भने । मन्त्रिपरिषद्बाट निर्णय पनि नभएको र अर्थ मन्त्रालयबाट ब...

सहकारी बैंकको चेक क्लीयरिङ नहुने नियम खारेज हुने

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले सकारी बैंकका चेक क्लीयरिङ्ग नहुने समस्या अन्त्य हुने घोषणा गरेका छन्। राष्ट्रिय सहकारी बैंकको १९औं वार्षिकोत्सवको अवसरमा मंगलबार ललितपुरमा आयोजित सहकारीमा लघुवित्त सम्मलेन–२०७८ लाई सम्बोधन गर्दै उनले भने, “चेक नचल्ने नियम खारेज गर्छु। सामाजिक सुरक्षाको भत्ता पनि सहकारी बंैक तथा गाँउ–गाँउमा रहेका लघु वित्त कम्पनीमार्फत भुक्तानी गर्ने व्यवस्थाका लागि छलफल चलाइरहेको छु।”

सहकारी बैंकको चेक क्लियरिङ नहुने नियम खारेज गर्ने अर्थमन्त्रीको घोषणा

अर्थमन्त्री जनार्दन शर्माले सकारी बैंकका चेक क्लियरिङ नहुने समस्या अन्त्य हुने घोषणा गरेका छन् । राष्ट्रिय सहकारी बैंकको १९ औं वार्षिकोत्सवको अवसरमा मंगलबार ललितपुरमा आयोजित सहकारीमा लघुवित्त सम्मलेन–२०७८ लाई सम्बोधन गर्दै उउनले यस्तो बताएका हुन् ।  “चेक नचल्ने नियम खारेज गर्छु । सामाजिक सुरक्षाको भत्ता पनि सहकारी बैंक तथा गाँउ गाउँमा रहेका लघु वित्त कम्पनीमार्फत भुक्तानी गर्ने व्यवस्थाका लागि छलफल चलाइरहेको छु,” उनले भने, “बरु सहकारी बैंकहरुले नाफाको लागि