नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्ट नै हुने निर्णय सुनाएपछि उपाध्यक्ष भीम रावलको असन्तुष्टि फेरि सतहमा आएको छ ।
एमालेमा कहिल्यै सौहार्द सम्बन्ध र सहकार्य नभएका ओली र रावल पछिल्लो समय एकाएक नजिकिएका थिए । एमालेबाट छुट्टिएर नयाँ दल दर्ता गर्ने बेलासम्म माधवकुमार नेपाल भीम रावलले साथ दिनेमा विश्वस्त थिए तर नेपाल र रावलबीच निकै टाढाको दूरी तय भइसकेको थियो ।
एमालेमा १० बुँदे सहमति कार्यान्वयन हुने र पार्टी संरचना २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने सहमति केपी ओलीसँ...