काठमाडौं।अघिल्लो सरकारका पालामा स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको सरकारले छानबिन गर्ने भएको छ।कोरोना महामारी सुरु भएसँगै मेडिकल सामग्री खरिद गर्दा अनियमितता भएको सार्वजनिक भएको थियो। उक्त घटनालाई छानबिन गरी दोषीलाई कारबाही गर्ने संयुक्त सरकारको साझा कार्यक्रममा उल्लेख छ।आवश्यक जनशक्तिसहित अस्पतालहरूको स्तरोन्नति गर्ने सरकारी लक्ष्यलाई साझा कार्यक्रममा समेटिएको छ। कार्यदलले आज सरकारको न्युनतम साझा कार्यक्रम र प्राथमिकताको मस्यौदा प्रधानमन्त्रीलाई बुझाएको थियो।