ओखर र फलफूल खेती सुधार्न एडिबीले ९ अर्ब लगानी गर्ने

काठमाडौं : एशियाली विकास बैंक (एडिबी) ले नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूल खेतीमा सुधार गर्न लगानी गर्ने भएको छ। यसका लागि नेपाल र एडिबीबीच सोमबार सम्झौता भएको छ।अर्थ मन्त्रालयमा आयोजित सम्झौता कार्यक्रममा अर्थसचिव कृष्णहरि पुष्कर र नेपालका लागि एडिबीका नेपाल निर्देशक अर्नौड काउक्विइसबीच पहाडी क्षेत्रमा ओखर र फलफूलको खेती सुधारका लागि लगानी सम्झौतामा हस्ताक्षर भएको हो।सम्झौताअनुसार एडिबीले साधारण पुँजी संशोधनबाट करिब ७ अर्ब ७९ करोड सहुलियत ऋण र एशियाली कोषबाट करिब

सम्बन्धित सामग्री

जंगलमा बाँदर भुलाउन फलफूल खेती

भरतपुर– देवघाटका सामुदायिक वनमा बाँदरका लागि फलफूल खेती सुरु गरिएको छ । बाँदरले खेतीबाली खाएर हैरान बनाएपछि देवघाट गाउँपालिका–५ स्थित चक्रवर्ती सामुदायिक वनले जंगलमा फलफूलका बिरुवा रोप्न थालेको हो । जङ्गलमा आहारा मासिँदै गएपछि बाँदरले बस्तीमा छिरेर बाली नष्ट गर्न थालेपछि जङ्गलमा फलफूल खेती थालिएको चक्रवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिए […]

फलफूल खेती प्रवर्द्धनका उपाय

नेपालको कुल गार्हस्थ्य उत्पादनमा झन्डै एकतिहाइ योगदान पुर्याउँदै आएको कृषिक्षेत्र हाल ओरालो लागेर एक चौथाइमा सीमित भएको छ । केही वर्षयता यहाँका कृषि उत्पादन घट्दो क्रममा रहेकाले विभिन्न किसिमका कृषि उपजहरू आवश्यकताअनुसार अन्य देशहरूबाट निरन्तर रूपले आयात गर्न थालिएको छ, जसमध्ये फलफूल पनि एक हो । सरकारको कमजोरी एवं अन्य कारणहरूले गर्दा नेपालमा फलफूल खेती […]

फलफूल खेती प्रवर्द्धन गर्न ‘एक घर, एक बगैँचा’ अभियान

मान्म, २१ असार । कालीकोटको तिलागुफा नगरपालिकाले फलफूल खेतीे प्रवर्द्धन गर्न ‘एक घर, एक बगैँचा’ अभियान सञ्चालन गर्ने भएको छ । नगरपालिकामा स्याउ र ओखरको राम्रो खेती हुने भएकोले ‘एक घर, एक बगैँचा’ अभियान सञ्चालन गर्न लागिएको हो । उक्त नगरपालिका कर्णालीकै राम्रो स्याउ र ओखर पकेट क्षेत्र भएका कारण ‘एक घर, एक बगैँचा’ अभियान […]

सिंचाईको अभावमा फलफूल खेती जोखिममा

डडेल्धुरा । सिंचाईको अभावमा डडेल्धुराका किसानले गरेको फलफूल खेती जोखिममा पर्दै गएको छ । सुन्तला, जुनार, कागती, किवी लगायतका फलफूल खेती जोखिममा पर्ने अवस्था आएको हो । सुन्तला, मौसमी, अमिलो, कागती, किवी लगायतका अमिलो जातको फलफूलहरुका लागि प्रसिद्ध जिल्लाको भागेश्वर गाउँपालिका वडा नं. ४ चौड खाल्टाका जुनार (मौसमी) किसानको बारीमा सिंचाई अभाव भए पछि नयाँ […]

नेको इन्सुरेन्सद्वारा किसानलाई फलफूल खेती सम्बन्धि तालिम

काठमाडौँ – नेको इन्सुरेन्स कम्पनीले किसानलाई फलफूल खेती सम्बन्धि तालिम दिएको छ। कम्पनीले ‘नेकोको अभियान, कृषिमा योगदान’ नाराका साथ कृषि बीमा योजनासहित किसानलाई तालिम दिएको हो। कम्पनीका अनुसार सिरहाको धनगढीमाई नगरपालिकाका साना किसानलाई लक्षित गरेर सो तालिम दिइएको थियाे। सानो खेती, थोरै पशुधनबाट आफ्नो जीविकोपार्जन गरिरहेका किसानलाई लक्षित गरिएको कम्पनीले जनाएकाे छ। कम्पनीले कृषकलाई आधुुनिक […]

बाँदरलाई अलमल्याउन वनमै फलफूल खेती, विज्ञ भन्छन्, यसरी बाँदर नियन्त्रण हुँदैन’

गोरखा – बाँदर नियन्त्रणका लागि गोरखाका सामुदायिक वनले जङ्गलमा वनजन्य फलफूल खेती गरेका छन् । डिभिजन वन कार्यालयको सहयोगमा पाँच वटा सामुदायिक वनले फलफूलका बिरुवा रोपेका हुन् । प्रदेश सरकारको ‘फ्रुट फरेस्ट्री मोडल’ कार्यक्रमअन्तर्गत अन्र्तगत गोरखाका पाँच वटा सामुदायिक वनमा बाँदरका लागि फलफूल खेती सुरु गरिएको डिभिजन वन कार्यालयका प्रमुख अशोककुमार श्रेष्ठले बताउनुभयो ।धार्चे गाउँपालिका ५ को गुम्गाङ सामुदायिक वन, बारपाक सुलिकोट गाउँपालिका ६ को सिर्जना सामुदायिक वन, पालुङटार नगरपालिका ९ को दरौँदीडाँड...

बाँदरका लागि जंगलमा फलफूल खेती

गोरखाका सामुदायिक वनमा बाँदरका लागि फलफूल खेती सुरू गरिएको छ । डिभिजन वन कार्यालय गोरखाले फ्रुट फरेस्टी मोडल कार्यक्रमअन्र्तगत जिल्लाका ४ वटा सामुदायिक वनमा बाँदरका लागि फलफूल खेती सुरू गरेको हो । जंगलमा आहारा मासिँदै गएपछि बाँदरले बस्तीमा छिरेर बाली नष्ट गर्न थालेकाले जंगलमा फलफूल खेती थालिएको डिभिजन वन कार्यालयका प्रमुख अशोककुमार श्रेष्ठले बताए ।“सामुदायिक […]

गोरखामा बाँदर नियन्त्रणका लागि वनजन्य फलफूल खेती गरिने

१३ असार, गोरखा । बाँदर नियन्त्रणका लागि गोरखामा वनजन्य फलफूल खेती गरिने भएको छ । वनमा खानेकुरा नपाउँदा घरघरमा आएर बाँदरले दुःख दिन थालेपछि वनजन्य फलफूल खेती गर्न लागिएको हो । त्यसका लागि डिभिजन वन कार्यालयले निःशुल्क रुपमा बिरुवा वितरण गर्ने भएको छ । ‘चालु आर्थिक वर्ष गण्डकी प्रदेश र संघको संयुक्त फुड फरेष्टी मोडल […]

कर्णालीमा फलफूल खेती

कर्णाली प्रदेशका नौ जिल्लामा स्याउ, सुन्तला, ओखरजस्ता फलफूल खेतीको विस्तार थालिएको छ। सुर्खेतबाहेक अन्य नौ जिल्लामा पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनामार्फत फलफूल खेती विस्तार गर्न थालिएको हो। पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयन एकाइ सुर्खेतका अनुसार कर्णालीका नौ जिल्लाका २० वटा पालिकामा फलफूल खेती विस्तार गरिने भएको छ। रुकुमपश्चिमको बाफीकोट, मुसीकोट, सानीभेरी, सल्यानको डोरचौर र शारदा, जाजरकोटको छेडाघाट र जुनीचाँदे, दैलेखको आठबिस, नारायण र चामुन्डा विन्द्रासैनी, कालीकोटको शुभकालिका र नरहरिनाथ, जुम्लाको हिमा, सिँजा र कनकासुन्दरी, मुगुको खत्याड र सोरु, हुम्लाको ताँजाकोट र अदानचुली तथा डोल्पाको मुड्कीचुलामा फलफूल खेती विस्तार गरिने जनाइएको छ।