६१ वर्षमा ६ कक्षा पढ्दै बाँकेकी प्रेमकुमारी, उमेरले छेकेन पढ्ने रहर

बाँके - कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरुकै बीचमा हजुरआमा उमेरकी ६१ वर्षीया प्रेमकुमारी गिरीले ध्यान दिएर पढ्नुहुन्छ । बाँकेको कोहलपुर नगरपालिका–११ बगियामा रहेको ज्ञानज्योति माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत गिरी कक्षा कोठाको अघिल्लो लाइनमा बस्नुहुन्छ । कक्षामा नियमित उपस्थित हुने उहाँको अरू विद्यार्थीसरह पढाइमै ध्यान केन्द्रित हुन्छ । ज्ञानज्योति माविको कक्षा ६ मा दिनहुँ देखिने यो दृश्यले हिजोआज धेरैलाई आश्चर्यचकित बनाएको छ । यसले सबैलाई खुसी पनि तुल्याएको छ । कोहलपुर–५ एनसीसीएन टोल ...

सम्बन्धित सामग्री

उमेरले छेकेन पढ्ने रहर, उनन्चास बर्षिया विमला एक कक्षामा पढ्दै

घोराही, जेठ २२ । घोराही उपमहानगरपालिका–१८, रझेना निवासी ४९ वर्षीय विमला मानन्धर कक्षा १ मा अध्ययन गर्दै आएकी छन्। अन्य विद्यार्थी जस्तै विमला हरेक दिन किताब, कापी झोलामा बोकेर विद्यालय आउने र पढ्ने गर्दै आएकी हुन् । घरायसी कामसँगै छोरीले पढ्नु हुँदैन भन्ने प्रचलनका कारण सानोमा पढ्न नपाएकी विमला अहिले भने घोराही उपमहानगरपालिका–१८, रझेनामा रहेको […]

५५ बर्षमा ५ कक्षामा पढ्दै यमीकुमारी

–सुशीला ओली खाने मुखलाई जुँगाले छेक्दैन भने झैँ ५५ वर्षीय यमीकुमारी पुनमगरलाई पनि पढ्न उमेरले छेकेन । दाङको घोराही उपमहानगरपालिका–२ रामपुर कालीमाटीका उहाँ ५५ वर्षको उमेरमा पनि विद्यालय जाने गर्नुहुन्छ । स्थानीय गङ्गा माध्यामिक विद्यालय रामपुरकोे कक्षा ५ मा अध्ययनरत यमी साक्षर हुन नसकेकै कारण विभिन्न समस्या भोग्नु परेकाले बुढेसकालमै भए पनि पढ्ने रहर पूरा […]