कैलालीको घुरहा नदीमा रहेको पुल छेउको जमिन भासिएर ठूलो दुर्घटनाको जोखिम बढेको छ । कैलारी गाउँपालिका –४ र ६ को सिमानामा रहेको पुलमा दुर्घटनाको जोखिम बढेको हो । ‘के गाउँ’ र भगतपुर जोड्ने पुलको पूर्वी भागमा जमिन भासिएको छ ।
धनगढीको जिरो प्वाइन्ट मोहना पुलदेखि ३८ किलोमिटर उत्तरमा रहेको गोदावरी नगरपालिका वडा नम्बर ४ बुढितोलाको भावर टोल माथिबाट चर्किएर जमिन भासिँदा बस्ती विस्थापित बनेको छ भने बस्ती तल रहेको भीमदत्त राजमाग चिराचिरा पर्दा आवागमन ठप्प बनेको छ।...
काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गत धादिङको धार्केमा पुलको छेउमा जमिन भासिएर अवरुद्ध बनेको सडक एकतर्फीरुपमा खुलाइएको छ। धुनीबेँसी नगरपालिका–६ र थाक्रे गाउँपालिका–८ को सिमाना जोड्ने गणेशखोला पुलमाको जमि भासिँदा सोमबार अपराह्न ४ बजेदेखि ठप्प बनेको राजमार्ग मङ्गलबार बिहान १० बजेबाट एकतर्फी खुलाइएको हो।
ललितपुर । ललितपुरको बखुन्डोलमा निर्माणधीन समिट अपाटमेन्ट बनाउने क्रममा स्थानीयको घर र जमिन भासिएपछि स्थानीय भागाभाग भएको छ । अपाटमेन्ट बन्दै गरेको ठाउँ वरिपरिका स्थानीयका घरहरू भासिनुका साथै जमिन चिराचिरा परेपछि शुक्रबार राति सो क्षेत्रका स्थानीयको भागाभाग भएको थियो । के कारण जमिन भासियो भन्ने जानकारी नआएको स्थानीय प्रहरीले जानकारी दिएको छ । घर र […]
उत्तराखण्ड राज्यको चमोली जिल्लामा रहेको जोशीमठ नगरमा केही महिनायता जमिन भासिँदै गएको छ । जमिन भासिएर घरहरुमा चिरा पर्ने तथा भत्किने क्रम सुरु भएपछि त्यहाँका बासिन्दाले आफ्नो घर छाड्नुपर्ने स्थिति निम्तिएको छ ।
निरन्तरको वर्षासँगै उदयपुरको कटारी नगरपालिका–१० तिल्केचौरमा बस्ती भन्दा २ सय मिटर माथिको पहाड धाँजा परेर जमिन भासिन थालेपछि १७ घर परिवार उच्च जोखिममा परेको छ ।उदयपुरको कटारी नगरपालिका–१० तिल्केचौर बस्ती निरन्तरको वर्षातसँगै पहिरोको उच्च जोखिममा परेको हो । बस्ती माथिको जमिन धाँजा परेर भासिँदै गएपछि तिल्केचौर पहिरोको उच्च जोखिममा रहेको छ ।बस्तीभन्दा करिब २ सय मिटर माथि लामो धाँजा परेर जमिन भासिएको छ । जमिन भासिँदै जाँदा तिल्केचौरका १७ परिवार त्रासमा छन् ।जमिन भासिँदा स्थानीयबासी डाकबहा
सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ बोल्दे घट्टे खोला क्षेत्रका बस्तीमा जमिन भासिँदा ६६ घर उच्च जोखिममा परेका छन् । जमिन भासिएपछि घट्टे खोला र तेलेसोङ खोलाको बीचमा रहेको घट्टे खाेला क्षेत्रका चार सय ५० परिवार विस्थापित भएका छन् ।
विस्थापित स्थानीयवासी एक हप्तादेखि सुरक्षित ठाउँमा रात कटाउँदै आएको गाउँपालिकाकी उपप्रमुख सिर्जना तामाङले जानकारी दिनुभयो ।
उहाँका अनुसार कात्तिकेमा पनि आठ परिवार विस्थापित भएपछि पाँच टेन्ट उपलब्ध गराइएको छ । विस्थापित बोल्देका परिवार केहीलाई...
१७ भदौ, पोखरा । पछिल्लो केही दिनयता परिरहेको भारी वर्षासँगै पोखरामा जमिन भासिने क्रम बढेको छ । बुधबारमात्रै पोखरा महानगरपालिका–३ नदीपुरमा जमिन भासिएको छ । जमिन भासिँदा तीन घर र सडकमा समेत क्षति पुगेको वडाध्यक्ष रवीन्द्रहादुर प्रजूले जानकारी दिए । लगातार तीन दिनदेखिको वर्षाका कारण नदीपुरका देउबहादुर पुन, छविलाल पुन र बलबहादुर पुनको घर भासिएको […]
भारतको मुम्बई शहरमा अविरल वर्षाका कारण जमिन भासिँदा र घर भत्किँदा १५ जनाको ज्यान गएको छ। शनिबार रातभर पानी परेपछि त्यहाँ विपत्ती निम्तिएको हो।मुम्बईको वाशी क्षेत्रस्थित एक घरको छत भत्किँदा १२ जनाको मृत्यु भएको हो। उपनर विखरोलीमा पनि भूस्खलन भएपछि झोपडी बगाउँदा तीन जनाको ज्यान गएको मुम्बई प्रहरीले जानकारी दिएको छ। केही मानिसहरू घाइते भएका र उनीहरूलाई उपचारनिम्ति स्थानीय अस्पतालमा लगिएको बताइएको छ।
कैलालीको घुरहा नदीमा रहेको पुल छेउको जमिन भासिएपछि दुर्घटनाको जोखिम बढेको छ । कैलारी गाउँपालिका–४ र ६ को सिमानामा रहेको उक्त पुलमा दुर्घटनाको जोखिम बढेको हो । केगाउँ र भगतपुर जोड्ने पुलको पूर्वी भागमा जमिन भासिएको छ । भासिएको क्षेत्रमा मर्मत कार्य नभएपछि दुर्घटनाको जोखिम बढेको भनाइ स्थानीयको छ । पुल भएर दैनिक कैयौँ मानिस सवारीसाधनबाट ओहोरदोहोर गर्ने गर्छन् ।