काठमाडौं : देशका विभिन्न ठाउँमा भएका हत्याका घटनाले समाजमा आपराधिक मानसिकता बढेको देखिएको छ। आपराधिक मानसिकताकै कारण यस्ता जघन्य अपराध कम गराउन सुरक्षा निकायलाई पनि चुनौती देखिएको छ।नचिनेका भन्दा पनि नातागोता र आफन्तबाटै हत्याका घटना भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले बताए।आफन्त र नातेदारले गएका केही महिनामा नै गरेका केही यस्ता जघन्य कर्तव्य ज्यानका घटना हेरौँ।चितवनको माडी नगरपालिका–६ स्याउलीबासमा गत सोमबार ३७ वर्षीय अर्जुन तामाङले आमा ५५