देशमा मलको हाहाकार भइरहेको बेला कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादव मलको व्यवस्थापनका लागि आज आफै भारत पुगेका छन् । हुन त उनी भारतमा आयोजित खाद्य स्वच्छतासम्बन्धी एक कार्यक्रममा भाग लिनका लागि गएका हुन् तर उनको मुख्य उद्देश्य रासायनिक मलका बारेमा भारतसँग कुरा गर्नु हो । कृषि मन्त्रालयका एकजना सहसचिवले भने, मलकै बारेमा कुरा गर्न मन्त्री आफै जाँदा ठिक हुँदैनथ्यो एउटा कार्यक्रमको बाहानमा उहाँ भारत जानु भएको हो त्यहाँ मुख्य काम मलको बारेमा कुरा गर्नु नै हो ।’ त्यहाँ