नेकपा माओवादी केन्द्रका महासचिवका दाबेदार वर्षमान पुन मंगलबार स्वदेश फर्किने भएका छन् । जन्डिसको उपचारका लागि चीनमा रहेका उनी मंगलबार नेपाल फर्किने केन्द्रीय समिति बैठकपछि नवनिर्वाचित अध्यक्ष प्रचण्डले सञ्चारकर्मीहरूलाई जानकारी गराए । उनले पदाधिकारी पुनकै सहभागिता समेतमा छानिने सो क्रममा बताए । ‘वर्षमान पुन भोलि डिस्चार्ज हुनुहुन्छ । पुन र ओनसरी घर्ती पार्टीका नेताहरु हुनुहुन्छ । उहाँहरुको उपस्थितिमै पदाधिकारी चयन गर्दा ठीक हुन्छ भन्ठानेर नै २५ गतेसम्मका लागि बैठक स्थगित गरेको हो