कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्चको भवन निर्माणका सम्बन्धमा अनुसन्धान गर्न अख्तियारलाई पत्र पठाएको पुष्टि भएको छ । सर्वोच्चको भवन निर्माणका क्रममा भ्रष्टाचार भएको गुनासो आएको भन्दै त्यसबारे अनुसन्धान गर्न आग्रह गर्दै कामु प्रधानन्यायाधीशको सचिवालयले असारको ३१ गते अख्तियारलाई पत्र पठाएको हो । सर्वोच्च अदालत प्रशासनले पत्रका बारेमा केही जानकारी नभएको बताइरहँदा कामु प्रधानन्यायाधीशको सचिवालयले पत्र पठाएको स्वीकार गरेको छ । सचिवालय स्रोतका अनुसार असारको अन्तिम साता कामु प्रधानन्य