माधव नेपालद्वारा राष्ट्रपति पद अस्विकार, पाँच वर्षभित्र एकपटक प्रधानमन्त्री हुने चाहना

काठमाडौं, २३ मंसिर । सत्ता गठबन्धनको महत्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति पद अस्विकार गरेका छन् । सत्ता गठबन्धनका ठूला घटक नेपाली कांग्रेस र माओवादी केन्द्रको नेतृत्वबाट नेपाललाई राष्ट्रपतिको लागि प्रस्ताव आएको खुलेको छ । तर, नेपालले भने आफू अझै सक्रिय राजनीतिमा रहने भन्दै शेरबहादुर देउवा र प्रचण्डबाट आएको राष्ट्रपति बन्ने […]

सम्बन्धित सामग्री

बालुवाटारदेखि बालकोटसम्म दाहालको यात्रा

शेरबहादुर देउवालाई प्रधानमन्त्री र राष्ट्रपति पद कुनै हालतमा नछोड्न परेको चौतर्फी दबाब कायमै रहेको अवस्थामा 'सत्तारुढ गठबन्धन' फुटको डिलमा शनिबार नै पुगेको थियो । शनिबारको बैठकमा कांग्रेसलाई प्रधानमन्त्री र राष्ट्रपति दुवै नै चाहिने भन्ने देउवाको अडान र जसरी पनि पहिलो चरणमा प्रधानमन्त्री बन्नैपर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको चाहना देखाएर छुटेका दुवै नेताहरू आइतबार १० बजे बालुवाटारमा जम्मा भएका थिए ।