५१ पालिकाले अझै बजेट ल्याएनन्

काठमाडौं। देशभरका ५१ स्थानीय तहले अझसम्म चालू आर्थिक वर्ष (आव) २०८०/८१ को बजेट ल्याउन सकेका छैनन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार देशभरका स्थानीय तहले असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्छ । देशभरका ७५३ मध्ये ५१ स्थानीय तहले अहिलेसम्म बजेट ल्याउन नसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ ।  बजेट पारित नगरी स्थानीय तहले सञ्चित कोषबाट रकम खर्च गर्न पाउँदैनन् । विनाबजेट खर्च गरे महालेखापरीक्षकले प्रश्न उठाउँछ । राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगले पनि बजेट समयमै नल्याउने स्थानीय तहको अनुदान कटौती गर्छ । मन्त्रालयका अनुसार अहिलेसम्म बजेट ल्याउन नसक्नेमा कोशी प्रदेशका ४, मधेशका ३६, बागमतीका ३, गण्डकीका २, लुम्बिनीका ३, कर्णालीका १ र सुदूरपश्चिमका २ पालिका छन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ मा असार १० भित्र सबै स्थानीय तहले बजेट ल्याउनुपर्ने उल्लेख छ ।  कानूनले तोकेको समयसीमाभित्र बजेट ल्याउन नसक्नेमा मधेश प्रदेशका स्थानीय तह बढी छन् । कतिपय स्थानीय तहमा अध्यक्ष वा मेयर एउटा पार्टीले जिते पनि कार्यपालिका तथा सभामा अर्को पार्टीको बहुमत हुँदा बजेट पेश गर्न दलीय सहमति खोज्ने गरिएको छ । सहमति नजुट्दा बजेट निर्माण प्रभावित हुने गरेको छ ।  अझसम्म पनि नगरसभा डाकेर बजेट ल्याउन नसकेको सप्तरीको कञ्चनरुप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेले सहमति नजुट्दा बजेट नआएको बताए । ‘मिलाउनुपर्ने जनप्रतिनिधिले हो, अहिलेसम्म मिल्न सकेन । सहमतिको प्रयास भइरहेको छ,’ उनले भने । आपसी कलहका कारण बजेट ल्याउन नसक्नेमा सप्तरीकै राजविराज र हनुमाननगर कंकालिनी नगरपालिका तथा छिन्नमस्ता, महादेवा, रूपनी र बलान–विहुल गाउँपालिका पनि छन् ।  बजेट पारित नगरी स्थानीय तहले सञ्चित कोषबाट रकम खर्च गर्न पाउँदैनन् । पाउने अनुदान पनि कटौती हुन्छ । सिराहामा पनि यस्तै समस्या छ । सिराहाका कल्याणपुर नगरपालिका तथा औरही, नवराजपुर र भगवानपुर गाउँपालिकाले बजेट ल्याएका छैनन् । धनुषाका कमला नगरपालिका, धनौजी गाउँपालिका र महोत्तरीको सोनमा गाउँपालिकाले बजेट ल्याएका छैनन् । सर्लाहीको बलरा, हरिवन र हरिपुर्वा नगरपालिका तथा चन्द्रनगर गाउँपालिकाले बजेट ल्याएका छैनन् । यसले स्थानीय तहको जिम्मेवारी र सुशासनमाथि नै प्रश्न उठाएको छ । नगरसभाबाट बजेट पास नभएसम्म सञ्चित कोषबाट रकम खर्च गर्न मिल्दैन । तर, स्थानीय तह यो व्यवस्थाप्रति गम्भीर नदेखिएको संघीय मामिला मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराई बताउँछन् । उनका अनुसार समयमै बजेट ल्याउन नसक्दा स्थानीय सरकारले खर्च गर्न पाउँदैनन् । स्थानीय सरकारहरू स्वायत्त भएका कारण बजेट समयमै नल्याउनेलाई संघले कानूनी रूपमा दण्डित गर्न सक्दैन । यो अवस्थामा स्थानीय सरकारबाट कार्यान्वयन हुने कार्यक्रम प्रभावित हुन्छ । बजेट पास नगरी स्थानीय तहले बजेट खर्च गर्नु गैरकानूनी हुन्छ ।  तैपनि कतिपय स्थानीय तहले समयमै बजेट ल्याउन आलटाल गर्ने गरेको सरकारी अधिकारीहरूको भनाइ छ ।

सम्बन्धित सामग्री

मधेसका तीन पालिकाले अझै ल्याएनन् बजेट

काठमाडौं- फागुनको दोस्रो साता बितिसक्दा पनि मधेस प्रदेशका तीन पालिकाले अझै बजेट ल्याउन सकेका छैनन् । आपसी भागबण्डा मिल्न नसकेको कारण प्रदेशको १३६ मध्ये तीनवटा पालिकाले फागुन १८ गतेसम्म आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट ल्याउन नसकेका हुन् । बजेट ल्याउन नसकेकामध्ये रौतहटको एक र सर्लाहीका दुई पालिका रहेका छन् । रौतहटको फतुवा विजयपुर नगरपालिका, […]

सात सय ५३ मध्ये ३२ वटा पालिकाले अझै बजेट पारित गर्न सकेनन्

काठमाण्डौ– सात सय ५३ पालिकामध्ये अझै पनि ३२ वटा पालिकाले नयाँ आर्थिक वर्षका लागि बजेट पारित गर्न सकेका छैनन् । पालिकाले असार १० भित्रै गाउँ–नगरसभामा पेस गरेर असार मसान्तसम्म बजेट पारित गरिसक्नुपर्ने व्यवस्था छ । तर, यो व्यवस्थालाई बेवास्ता गरेर ३२ वटा पालिकाले बजेट ल्याउन नसकेका हुन् ।  नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घले गाउँ र नगर सभाबाट बजेट पारित नगर्ने २२ गाउँपालिका र १० नगरपालिका रहेको जनाएको छ । मधेशका आठ र गण्डकीका दुई गरी १० नगरपालिका तथा मधेशका १५, गण्डकी र लुम्बिन...

पाँच पालिकाले अझै ल्याएनन बजेट

काठमाडौँ,२३ मँसिर । चालु आर्थिक वर्ष सुरु भएको पाँच महिना बित्न लाग्दा पनि पाँच वटा पालिकाले अहिलेसम्म पनि बजेट ल्याउन सकेका छैनन् । वार्षिक बजेट नआएपछि ती पालिकामा विकास निर्माणका काम ठप्प छन् भने कर्मचारीको तलब भत्ता रोकिएको छ । दैनिक कार्यालय सञ्चालनमा समेत समस्या देखिएको छ । मधेस प्रदेशका चारवटा र लुम्बिनी प्रदेशको एउटा […]

पाँच पालिकाले अझै ल्याएनन् बजेट

काठमाडौँ– चालु आर्थिक वर्ष सुरु भएको पाँच महिना बित्न लाग्दा पनि पाँच वटा पालिकाले अहिलेसम्म पनि बजेट ल्याउन सकेका छैनन् । वार्षिक बजेट नआएपछि ती पालिकामा विकास निर्माणका काम ठप्प छन् भने कर्मचारीको तलब भत्ता रोकिएको छ । दैनिक कार्यालय सञ्चालनमा समेत समस्या देखिएको छ । मधेस प्रदेशका चारवटा र लुम्बिनी प्रदेशको एउटा पालिकाले अहिलेसम्म […]

जुम्लाका तीन वटा पालिकाले अझै पेस गरेनन् बजेट

जुम्ला– पालिकाले प्रत्येक आर्थिक वर्षको असार मसान्तसम्म संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको साइटमा बजेट पेस  गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । तर, जुम्लाका तीन वटा पालिकाले अझै मन्त्रालयको वेबसाइटमा बजेट अपलोड गरेको देखिँदैन । पालिकाले असार १० गतेसम्म गाउँ तथा नगर सभा गरेर असार मसान्तसम्म मन्त्रालयको वेबसाइटमा बजेट अपलोड गरिसक्नुपर्छ । तर, जुम्लाको चन्दनाथ नगरपालिका, […]

कर्णालीका १२ वटा पालिकाले अझै बजेट पेस गरेनन्

कालीकाेट – पालिकाले प्रत्येक आर्थिक वर्षको असार मसान्तसम्म सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको साइटमा बजेट पेस (अपडेट) गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । तर कर्णाली प्रदेशमा १२ वटा पालिकाले अझै मन्त्रालयको बेवसाइटमा बजेट अपलोड गरेको देखिँदैन ।  पालिकाले असार १० गतेसम्म गाउँ तथा नगर सभा गरेर असार मसान्तसम्म मन्त्रालयको बेवसाइटमा बजेट अपलोड गरिसक्नुपर्छ । तर कर्णाली प्रदेशको जुम्लाकाे चन्दनाथ नगरपालिका, पातारासी र हिमा गाउँपालिकाले बजेट अपलोड गरेका छैनन् । त्यस्तै सल्यानका कालीमाटी र छत्रेश्वरी गाउँपालिका, ...

मधेस प्रदेशका २३ पालिकाले ल्याउन सकेनन् बजेट

मधेस प्रदेशका अधिकांश पालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसँगै बजेट ल्याए पनि २३ वटा पालिकाले भने निर्धारित समयमा विभिन्न कारण देखाउँदै नीति तथा कार्यक्रम एवं बजेट ल्याउन सकेनन् । मधेस प्रदेशका ११३ पालिकाले शुक्रबार नै बजेट ल्याइसकेका छन् । अन्यले भने दलीय विवाद, प्रमुख कार्यकारी अधिकृत नहुनु र योजना छनोटमा ढिलाइ भएका कारण समयमै नगर तथा गाउँसभा गर्न नसक्दा नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेको जनाएका छन् ।सप्तरीका १८ वटा स्थानीय तहमध्ये १३ वटा स्थानीय तहले मात्रै नगर तथा गाउँसभा सम्

जिल्लाका सबै पालिकाले ल्याए बजेट

जिल्लाका १० वटै पालिकाले आउँदो आर्थिक वर्षका लागि बजेट ल्याएका छन् ।१० असारमा पालिकाहरूले बजेट ल्याउनु पर्ने सवैधानिक बाध्यता अनुरूप जिल्लाका १० पालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि बजेट ल्याएका हुन् । जिल्लामा दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिकाले बजेट ल्याएका छन् । जिल्लाका अधिकांश पालिकामा बजेट सर्वसहमति मै आए पनि राप्ती गाउँपालिकामा एमालेबाट […]

बागलुङका सबै पालिकाले ल्याए बजेट

यहाँका दशवटै स्थानीय तहले आव ०७९/०८० को बजेट तथा कार्यक्रम सार्वजनिक गरेका छन् । बरेङ गाउँपालिकाले सोमबार, जैमिनी नगरपालिका, ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिकाले बिहीबार र अरु पालिकाले शुक्रबार बजेट प्रस्तुत गरेका हुन् ।स्थानीय सरकार सञ्चालन ऐनले असार १० भित्रै स्थानीय तहले नीति, कार्यक्रम र बजेट ल्याउनुपर्ने सयमसीमा तोकिदिएको छ । बजेटको प्राथमिकतामा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालनलगायत छन् ।कतिपय पालिकाले उद्यमशिलताको विकास, उत्पादन र रोजगारी सिर्जनातिर बढी जोड दिएका छन्

तीन पालिकाले अझै बजेट तथा कार्यक्रम सार्वजनिक गरेनन्

जिल्लाका स्थानीय तहहरूले आर्थिक वर्ष २०७८/०७९ का लागि नीति कार्यक्रम तथा बजेट पारित गरिसकेका छन् । तर सबै पालिकाले राजस्व र व्ययको अनुमान (बजेट) अझै वेबसाइटमार्फत सार्वजनिक गरेका छैनन् । जिल्लामा रहेका १० स्थानीय तहमध्ये सातवटा स्थानीय तहले मात्र आफ्नो वेबसाइटमा चालू आर्थिक वर्ष २०७८/०७९ को बजेट तथा कार्यक्रम सार्वजनिक गरेका छन् । अन्य तीन […]