कालीकाेट – पालिकाले प्रत्येक आर्थिक वर्षको असार मसान्तसम्म सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको साइटमा बजेट पेस (अपडेट) गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । तर कर्णाली प्रदेशमा १२ वटा पालिकाले अझै मन्त्रालयको बेवसाइटमा बजेट अपलोड गरेको देखिँदैन ।
पालिकाले असार १० गतेसम्म गाउँ तथा नगर सभा गरेर असार मसान्तसम्म मन्त्रालयको बेवसाइटमा बजेट अपलोड गरिसक्नुपर्छ । तर कर्णाली प्रदेशको जुम्लाकाे चन्दनाथ नगरपालिका, पातारासी र हिमा गाउँपालिकाले बजेट अपलोड गरेका छैनन् । त्यस्तै सल्यानका कालीमाटी र छत्रेश्वरी गाउँपालिका, ...