बैतडीमा अब पम्पबाटै पेट्रोल बिक्री

बैतडीमा रहेको एक मात्र पेट्रोल पम्प भण्डारी आयल स्टोर्समा पेट्रोल बिक्री गर्न थालिएको छ । सतबाज बजारमा स्थापना भएको झन्डै १३ वर्षसम्म उक्त पम्पले पेट्रोल बिक्री गर्न थालेको थिएन । अहिलेसम्म उपभोक्ताले बजारमा खुला रूपमा पाइने पेट्रोल प्रयोग गर्दै आइरहेका थिए । शनिबारदेखि पम्पले नै पेट्रोल बिक्री थालेकाले अब सहजै र गुणस्तरीय पेट्रोल पाइने भन्दै उपभोक्ता खुसी भएका छन् ।

सम्बन्धित सामग्री

पम्प खुलेको १३ वर्षपछि पेट्रोल वितरण

बैतडीमा पम्प खुलेको १३ वर्षपछि शनिबारदेखि पम्पबाट पेट्रोल वितरण सुरु भएको छ । तापक्रम नमिल्दा घाटा हुने भन्दै तेल बिक्रेताले डिजेल मात्रै बिक्री गरेर पेट्रोल बिक्री बन्द गरेका थिए ।

बैतडीमा पेट्रोल–डिजलको कालोबजारी

नेपाल आयल निगमको पेट्रोलियम पदार्थ विक्रेता विनियमावलीअनुसार उपभोक्तालाई सरल र सहज ढंगले पेट्रोलियम पदार्थ उपलब्ध गराउनुपर्ने भए पनि बैतडीमा सहजै पेट्रोलियम पदार्थ पाइँदैन । जिल्लामा सतबाज बजारनजिकै एउटा मात्र भण्डारी आयल स्टोर छ । त्यहाँ चाहिएको समयमा कहिल्यै पेट्रोल र डिजेल पाइँदैन । जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालयसँगै केही सरकारी कार्यालयका सवारीसाधनलाई मात्र उक्त आयल स्टोरले इन्धन सहजै दिन्छ । अन्य सवारीसाधनले कहिल्यै भनेको समयमा पाउँदैनन् ।

दुई वर्षदेखि पेट्रोल आयात नहुँदा कालाबजारीको बिगबिगी

बैतडी : बैतडीमा रहेको एक मात्र पट्रोल पम्पले दुई वर्षदेखि पेट्रोल आयात नगर्दा उपभोक्ताहरू पसलबाट महँगोमा खरिद गर्न बाध्य छन्। सतबाँझमा रहेको भण्डारी आयल स्टोरले पेट्रोल आयात सरकारले तोकेको १०४ रुपैयाँ प्रतिलिटर पेट्रोल १३५ देखि १५० रुपैंयाँसम्म तिर्न बाध्य छन्। पेट्रोल पम्पले तेल नल्याउँदा चर्को मूल्य तिरेर पेट्रोल किन्न बाध्य भए...