चीनको भ्याक्सिन लिन उत्तर कोरियाद्वारा अस्विकार

उत्तर कोरियाले आफूलाई दिन लागेको लगभग ३० लाख कोभिड–१९ को भ्याक्सिन अरु कसैलाई दिन भनेको छ । संयुक्त राष्ट्रले यसबारे जानकारी दिएको हो ।संयुक्त राष्ट्रका एक प्रवक्ताले संसारका थुप्र्रै देश कोभिड महामारीले नराम्रोसँग थलिएको र अन्तरराष्ट्रिय स्तरमा कोभिड भ्याक्सिनको कमी पनि भइरहेको बताए । यस्तो स्थितिमा उत्तर कोरियाले यस्तो बयान सार्वजनिक गरेको छ ।यी भ्याक्सिन अन्तरराष्ट्रिय कोभ्याक्स कार्यक्रमअन्तर्गत उत्तर कोरियालाई दिन लागिएको थियो । यो चीनमा बनेको सिनोभ्याक भ्याक्सिन थियो ।कोभ्याक्स कार्य

सम्बन्धित सामग्री

कुन भ्याक्सिन सबैभन्दा लाभदायी?

काठमाडौं। विश्व बजारमा यतिखेर भारत, बेलायत, अमेरिका, चीन, रुसजस्ता देशमा बनेका कोरोनाविरुद्धका भ्याक्सिन उनपलब्ध छन्। नेपालमा सुरुका दिनमा अक्सफोर्ड–एस्ट्राजेनेकाको कोभिसिल्डका साथै चिनियाँ भ्याक्सिन लगाइयो। तर, कुनै भ्याक्सिन प्रभावकारी भन्ने सवालमा वैज्ञानिकहरु मौन छन्। उनीहरुका अनुसार अहिले नै यही भ्याक्सिन सबैभन्दा राम्रो भन्न सकिँदैन। समयक्रमसँगै भ्याक्सिनहरुका बारेमा पर्याप्त आँकडा प्राप्त भएपछि नै कुनै भ्याक्सिन उत्तम छुट्याउन सकिने उनीहरुको भनाइ छ।

चीनको सहयोगमा पाकिस्तानले बनायो भ्याक्सिन

बीबीसी। पाकिस्तान सरकारले चीनको सहयोगमा बनाएको कोरोनाविरुद्धको पहिलो भ्याक्सिनलाई ‘क्रान्ति’ बताएको छ। पाकभ्याकी नाम दिइएको उक्त भ्याक्सिन मंगलबार सार्वजनिक गरिएको हो। पाकिस्तानमा अहिले पनि चिनियाँ भ्याक्सिन सिनोर्फार्म मानिसको रोजाइमा परिरहेको सरकारले बताएको छ। भ्याक्सिन लगाउन स्वास्थ्यकेन्द्र पुग्ने पाकिस्तानीले चिनियाँ भ्याक्सिन नपाएमा फर्केर जाने गरेका छ। अन्य देशमा बनेका भ्याक्सिन उनीहरु लगाउन मानिरहेका छैनन्।

कुन भ्याक्सिन सबैभन्दा लाभदायी?

काठमाडौं। विश्व बजारमा यतिखेर भारत, बेलायत, अमेरिका, चीन, रुसजस्ता देशमा बनेका कोरोनाविरुद्धका भ्याक्सिन उनपलब्ध छन्। नेपालमा सुरुका दिनमा अक्सफोर्ड–एस्ट्राजेनेकाको कोभिसिल्डका साथै चिनियाँ भ्याक्सिन लगाइयो। तर, कुनै भ्याक्सिन प्रभावकारी भन्ने सवालमा वैज्ञानिकहरु मौन छन्। उनीहरुका अनुसार अहिले नै यही भ्याक्सिन सबैभन्दा राम्रो भन्न सकिँदैन। समयक्रमसँगै भ्याक्सिनहरुका बारेमा पर्याप्त आँकडा प्राप्त भएपछि नै कुनै भ्याक्सिन उत्तम छुट्याउन सकिने उनीहरुको भनाइ छ।

जर्मनीले बनायो क्योरभ्याक भ्याक्सिन

एजेन्सी। जर्मनीको एक कम्पनीले आरएनए भ्याक्सिन क्योरभ्याक तयार गरेको छ। भ्याक्सिनको अन्तिम चरणको परीक्षणको नतिजा आगामी साता आउने अपेक्षा छ। भ्याक्सिन कम र बढी जोखिमयुक्त तरिकाबाट बनाइने र आएएनए विधि जोखिमयुक्त मानिन्छ। फाइजर–बायोएनटेक र मोडर्नाले आरएनए विधिबाट भ्याक्सिन बनाएका हुन्। ती दुवै भ्याक्सिन अहिले ९० देशमा पुगिसकेको छ। जर्मनीले बनाएको भ्याक्सिन सुरक्षित राख्न निकै सहज हुने कम्पनीले बताएको छ।

कहिले पुग्छ सबैलाई भ्याक्सिन?

काठमाडौं। कोरोना नियन्त्रणको एकमात्र उपाय भ्याक्सिन हो। तर, भ्याक्सिन कहिले सबैतिर पुग्छ, भन्न सकिँदैन।केही धनी मुलुकबाहेक अन्यत्र भ्याक्सिनको उपलब्धता न्यून छ। भारतमा बिनातयारी मे १ देखि १८ वर्षमाथिका नागरिकलाई भ्याक्सिन लगाइने बताइयो। भ्याक्सिन अभावले अभियान असफलप्रायः भयो। नेपाल, पाकिस्तान, बंगलादेशलगायतका देशले तत्काल पर्याप्त भ्याक्सिन पाउने अवस्था छैन।त्यसकारण मास्क, सामाजिक दूरी तथा व्यक्तिगत सरसफाइमा ध्यान दिनुको विकल्प नरहेको चिकित्सकहरु बताउँछन्।

कोरोनाको नयाँ भेरियन्टको भ्याक्सिन सेप्टेम्बरसम्ममा बन्ने

एजेन्सी। अक्सफोर्डका भ्याक्सिन चिफ एन्ड््यु पोलार्डले कोरोनाको नयाँ भेरियन्टविरुद्धको भ्याक्सिन सेप्टेम्बर महिनासम्म बन्न सक्ने बताएका छन्। उनले मौजुदा भ्याक्सिन पनि नयाँ भेरियन्टका लागि उपयोगी रहेको दाबी गरेका छन्। उनले सबैलाई भ्याक्सिन लगाउन अनुरोध पनि गरेका छन्। पोलार्डले भने, ‘एक वर्षअघि भ्याक्सिन यति छिटो बन्ला भनेर सोच्न पनि सकिँदैनथ्यो। अहिले हाम्रो(बेलायत) अवस्था राम्रो बनेको छ।’

रुसमा भ्याक्सिन टुरिस्ट!

बीबीसी। भ्याक्सिन लगाउन कतिपय मानिस अहिले रुस जान थालेका छन्। रुसमा स्पुतनिक–भी सहज उपलब्ध भएकाले मानिसहरु पर्यटक बनेर त्यता गएका हुन्। गत साता मस्कोमा ५० जना जर्मन टुरिस्ट पुगे, जसको उद्देश्य भ्याक्सिन लगाउनु थियो।युरोपमा संक्रमण पुनः तीव्र हुन थालेपछि भ्याक्सिन पाउन गाह्रो पर्दै गएको छ। संसारका कतिपय देशमा यतिखेर खोप अभियान चलिरहेकाले पनि भ्याक्सिन अभाव हुन थालेको हो।

भक्तपुरमा कोभिशिल्ड भ्याक्सिन लगाउन सुरु

भक्तपुर : भक्तपुरमा कोरोना भ्याक्सिन लगाउन सुरु गरिएको छ। आज भक्तपुर अस्पतालमा कोभिसिल्‍ड भ्याक्सिन लगाउन सुरु भएको हो। अस्पतालकी चिकित्सक सुमित्रा गौतमले पहिलो भ्याक्सिन लगाइन्।  अस्पतालका करिब ८०० जना चिकित्सक, स्वास्थ्यकर्मी, सफाइकर्मीहरुलाई भ्याक्सिन दिइनेछ। अस्पतालबाट पहिलो चरणमा करिब ४ हजारजनालाई भ्याक्सिन दिन तयारी गरिएको छ।