पुस ५ गते प्रतिनिधिसभा विघटनपछि तत्कालीन नेकपाको दुई पक्षीय शक्ति संघर्ष उत्कर्षमा पुग्दासमेत नधर्मराएको गण्डकी र कर्णाली प्रदेश सरकार सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पुरानै हैसियतमा पुर्याइदिएपछि संकटमा परेका छन् ।नयाँ राजनीतिक ध्रुवीकरणसंगै यसअघि तुलनात्मक रुपमा सुरक्षित मानिएका दुवै प्रदेश सरकार ढल्ने सम्भावना बढेर गएको छ । गण्डकीमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध काँग्रेस र माओवादी केन्द्रसहितको विपक्षी गठवन्धनले आजै अविश्वासको प्रस्ताव दर्ता गरेको छ भने कर्णालीमा मुख्यमन्