तनहुँ : व्यास नगरपालिकाले सञ्चालन गरेको व्यास नगर कोभिड १९ पिसिआर प्रयोगशालाले अनुमति पाएको छ। प्रयोगशाला व्यास–१० दुम्सीमा छ।प्रदेश जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेशले भदौ ३० गते स्थलगत अनुगमन गरेपछि सञ्चालनको अनुमति दिएको हो। प्रयोगशालाले मापदण्ड पूरा गरेकाले पिसिआर परीक्षणको तयारी गरिएको व्यास नगरपालिका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए। उनका अनुसार प्रयोगशालामा एक पटकमा ९६ जनाको पिसिआर परीक्षण गर्न सकिनेछ। पिसिआर परीक्षणका दुई घण्टामा नतिजा प्राप्त हुने सोतीले बताए।अनुगमनपछि