राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मङ्गलबारदेखि बन्द रहेको पिसिआर परीक्षण आजदेखि पुनः सञ्चालन भएको छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.रणजीतकुमार झाका अनुसार पिसिआर मेसिनमा प्राविधिक सामान्य गडबडी भएका कारण एक दिन बन्द रहेको कोरोना भाइरसको स्वाब परीक्षण फेरि सञ्चालन भएको उनले जानकारी दिए ।दुई दिनअघि मात्रै सप्तरीमा ४० जनाको पिसिआर परीक्षण गर्दा २५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो । सोही अनुरुप जिल्ला स्वास्थ्य कार्यालयले सङ्क्रमण बढ्दो क्रममा देखिएकाले परीक्षणको दायरासमेत