देउवा र नेपालबीच भेटवार्ता, राष्ट्रपति र सभामुख निर्वाचनका विषयमा छलफल

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ। देउवालाई भेट्न नेपाल धुम्बराहीस्थित उनको निवास पुगेका थिए। भेटमा अब हुने राष्ट्रपति तथा सभामुख निर्वाचनका विषयमा छलफल भएको बुझिएको छ। पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा पनि भेटमा छलफल भएको नेपाल निकट स्रोतले बताएको छ।

सम्बन्धित सामग्री

देउवा र नेपालबीच भेटवार्ता

काठमाडौं, १ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ। उनीहरुबीच समसामायिक राजनीति र राष्ट्रपति र सभामुख निर्वाचनको विषयमा छलफल भएको बताइएको छ। सभापति देउवा निवास धुम्बाराहीमा भेटवार्ता भएको हो।

प्रचण्डलाई प्रधानमन्त्री बनाउन देउवा सकारात्मक

सत्तारुढ गठबन्धनका शीर्ष तीन नेताको बालुवाटार छलफल सकिएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच करिब डेढ घण्टा छलफल भएको हो ।नेताहरुबीचको छलफलमा नयाँ सरकार गठनबारे सामान्य कुराकानी भएको छ । त्यसक्रममा प्रधानमन्त्री, राष्ट्रपति, सभामुख लगायतका पदको शक्ति बाँडफाँट गरेर राष्ट्रपतिले दिएको समय सीमाभित्रै नयाँ सरकार गठन गर्नुपर्ने