११ चैत, काठमाडौं । कर्णाली प्रदेशका सरकारी कार्यालयहरुमा फेसबुक चलाउन प्रतिबन्ध लगाउन गृहकार्य सुरु भएको छ ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कार्यालय समयमा मात्रै फेसबुक चलाउन प्रतिबन्ध लगाउने बारे आइतबारबाट छलफल सुरु गरेका हुन् ।
मुख्यमन्त्री शाहीले आइतबार सुर्खेतका इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रमुखहरुलाई कार्यालयमै बोलाएर छलफल गरेका छन् । 'कार्यालय समयमा फेसबुकमा …