रातो घुम्टोले सिँगारिएर जब त्रिपुरासुन्दरी भगवती माई माइत झरिन् [फोटो फिचर]

मलेखु (धादिङ) । सयौं मानिसको भीड । अघिअघि पञ्चेबाजासँगै युवाहरूले नाङ्गो खुडा, खुकुरी बोकेका छन् । कतिपयको हातमा दियो, कलश, शङ्ख, घण्ट छ । प्रहरी र भक्तजनले बनाएको हाते साङ्लोको घेराभित्र लामो कपाल मात्र देखिने प्रतिमूर्ति । सयौं मानिस बाटोको दायाँबायाँ बसेर पूजापाठ र अबिर जात्रा गर्दै छन् ।  धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४, सल्यानकोटबाट भगवती माइको प्रतिमूर्तिलाई त्रिपुरासुन्दरी गाउँपालिका–६, हाँसेबजारस्थित माइथानबेंसी सारिँदाको दृश्य हो यो । सयौं मानिसको लावालस्करसहित रातो घुम्टोले सिँगारिएर त्रिपुरासुन्दरी भगवती माई बिहान माइत झरेकी छन् ।  भगवतीको प्रतिमूर्तिलाई एक वर्षभित्र घर, माइत र मावली गरी तीन ठाउँमा पूजापाठ गर्ने अनौठो र रोचक परम्परा छ । यही परम्पराअनुसार आज बिहान भगवतीको घरको रूपले परिचित सल्यानकोट डाँडाको मन्दिरबाट माइतीको रूपमा चिनिने माइथानबेंसीको मन्दिरमा सारिएको स्थानीय शिवप्रसाद सापकोटाले जानकारी दिए ।  रोचक कुरा बाकसभित्र राखिएको भगवतीको प्रतिमूर्तिलाई भक्तजनले छुन भने नपाउने उनको भनाइ थियो । सापकोटाले भने, ‘पहिलेदेखिको चलन यही हो । भगवानलाई छुन र हेर्न पाइँदैन । बाहिरबाटै दर्शन गर्ने फुलअक्षेता चडाउने हो ।’  देवीको दर्शन गर्न सयौंको सङ्ख्यामा भक्तजनले मध्यरातिदेखि नै बाटो कुरेर बस्ने गर्दछन् । मूर्ति देख्न र छुन नपाए पनि गल्लीगल्लीमा जम्मा भएका भक्तजनले टाढैबाट दर्शन गर्ने गरिएको उनले बताए । वडादशैंको चतुर्थीका दिन पूर्वतर्फ दशैं घरबाट मूल मन्दिर सल्यानकोट सारिएको मूर्तिलाई आइतवार बिहानै न्वाघी घर आगिन्चोक हाँसे बजार मन्दिरमा सारिएको हो ।  रानामगर, तिमिल्सिना र सापकोटा थरका पूजारीले त्रिपुरासुन्दरी भगवतीमाइको मूर्ति र सरसामानलाई आफ्नो पिठ्युँमा बोकेर यात्रा गराउन परम्परा रहेको सापकोटाले जानकारी दिए । वर्षमा तीन पटक मूर्तिलाई यसरी नै बोकेर मन्दिर सार्ने गरिन्छ । रानामगर थरका स्थानीय पूजारी, सापकोटा र तिमल्सिना बाहेक अरु कसैले हेर्न र छुन नपाउने उनको भनाइ थियो ।  यी तीन थरिबाहेक मन्दिर पुग्ने जोसुकैले पनि मन्दिरको मूल ढोकाबाटै भगवतीलाई पूजाआजा गर्नुपर्ने नियम रहेको स्थानीय अगुवा कृष्णकुमार श्रेष्ठले बताए । उनका अनुसार यहाँ आइपुग्ने भक्तजनले आफ्नो मनोकाङ्क्षा पूरा गर्न परबाट नै देवीलाई फूलअछेताले पूजा गर्ने गर्दछन् ।  विवाहित नारीले धेरैजसो समय आफ्नो कर्मघरमा बिताउनुपर्ने, दशैंतिहारलगायत चाडबाडमा मामाघर जानुपर्ने र हिउँदमा फुर्सद मिल्ने भएकाले केही समय माइतीमा बस्न पाउने चलनसँग भगवतीको विभिन्न मन्दिरको बसाइँलाई तुलना गरिएको श्रेष्ठले जानकारी दिए । सोही परम्पराअनुसार सल्यानकोटमा रहेको दुई मन्दिरमध्ये घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म भगवतीलाई पूर्वपट्टिको मन्दिरमा राखेर पूजाआजा गरिन्छ, जुन मामाघरको रुपमा प्रसिद्ध छ ।  स्थानीय पूजारी अर्जुन सापकोटाका अनुसार मङ्सिरदेखि चैतसम्म भगवतीलाई आगिन्चोक गाविसस्थित बेँसीको मन्दिरमा राखिन्छ, जुन भगवतीको माइतीको रूपमा चिनिन्छ । ‘सल्यानकोटकै पश्चिम थुम्कामा रहेको अर्को मन्दिरमा राखेर वर्षमा आठ महीनाभन्दा बढी समय भगवतीलाई त्यही पूजाआजा गरिने चलन छ । यसलाई भगवतीको कर्मघरका रूपमा लिइन्छ,’ उनले भने । ‘पुजारीले मात्र छुन मिल्ने उक्त मूर्ति कस्तो आकारको छ वा बाकसभित्र के छ भनेर आम सर्वसाधारणले अहिलेसम्म देख्न पाएका छैनन् । प्रत्येक वर्ष मेला हेर्न आउँछौं । तर, छुन/हेर्न पाइने भन्ने हुँदैन । परम्परादेखि नै चलिआएको चलन हो । हामी यो परम्परा बदल्न सक्दैनौं,’ मेला हेर्न आएकी देवकी अधिकारीले भनिन् ।  नेपाल एकीकणका बेला पृथ्वीनारायण शाहले छिमेकी जिल्ला गोरखाबाट नुवाकोट आक्रमण गर्न जाँदा यही मन्दिर छेउमा बास बसेको र राति सपनामा एक बालिकाले आर्शिवाद दिएको प्रसङ्ग दिव्योपदेशमा उल्लेख छ । जिल्ला सदरमुकाम धादिङबेंसीबाट चालिस किलोमिटर उत्तरतर्फ पर्ने यो मन्दिरमा जात्रा हेर्नका लागि छिमेकी जिल्ला गोरखा, नुवाकोट, चितवन, काठमाडौं लगायतका ठाउँबाट भक्तजन आउने गर्दछन् ।  मङ्सिर महीनामा त्रिपुरासुन्दरी गाउँपालिका–४, सल्यानकोट डाँडाको मन्दिरबाट भगवतीको मूर्तिलाई बाकसभित्र राखी पिठ्युमा बोकेर करीब तीन घण्टाको पैदल दुरीमा पुगिने त्रिपुरासुन्दरी गाउँपालिका–६ माईथानबेंसीको मन्दिरमा ल्याइन्छ । यसरी देवीलाई माइत झारेसँगै यो वर्षको जात्रा सकिने गर्दछ । रासस

सम्बन्धित सामग्री

माइत झरिन् त्रिपुरासुन्दरी भगवती माई

सयौंँ मानिसको भीड । अघिअघि पञ्चेबाजासँगै युवाहरुले नाङ्गो खुडा, खुकुरी बोकेका छन् । दियो, कलश, शङ्ख, घण्ट पनि सँगसँगै छ । प्रहरी र भक्तजनले बनाएको हाते साङ्लोको घेराभित्र लामो कपाल मात्र देखिने प्रतिमूर्ति । सयौँ मानिस बाटोको दायाँबायाँ बसेर पूजापाठ र अबिर जात्रा गर्दै थिए । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ सल्यानकोटबाट भगवती माइको प्रतिमूर्तिलाई त्रिपुरासुन्दरी गाउँपालिका–६ …

‘वर्षमा तीन ठाउँ सर्ने भगवती माई आज माइत झरिन्’

सयौंँ मानिसको भीड । अघिअघि पञ्चेबाजासँगै युवाहरुले नाङ्गो खुँडा, खुकुरी बोकेका छन् । दियो, कलश, शङ्ख, घण्ट पनि सँगसँगै छ । प्रहरी र भक्तजनले बनाएको हाते साङ्लोको घेराभित्र लामो कपाल मात्र देखिने प्रतिमूर्ति । सयौँ मानिस बाटोको दायाँबायाँ बसेर पूजापाठ र अबिर जात्रा गर्दै थिए ।

कैलालीमा दुई युवा मृत भेटिए

धनगढी । कैलालीस्थित कान्द्रा नखीमा डुबेर एक जनाको मृत्यु भएको छ। आज (आइतवार) जिल्लाको घोडाघोडी नगरपालिका–११ सिसैया गाउँ नजिकै कान्द्रा नदीमा माछा मार्ने क्रममा डुबेर उनको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार नदिमा माछा मार्न गएका भगवती माई गाउँपालिका–४ मनघर दैलेख घर भएका २२ वर्षीय अमर थापाको डुबेर मृत्यु भएको हो। साथीसँग शनिवार […]

जनपद प्रहरीको परीक्षामा सहभागी २ नक्कली परीक्षार्थी पक्राउ

प्रहरी जवान (जनपद) पदको परीक्षामा सहभागी भएका दुईजना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा दैलेखका भगवती माई गाउँपालिका (२ रुम बेस्तडाका २२ वर्षका रोशन शाही र २३ वर्षका लोबन शाही रहेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीका अनुसार कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगञ्जमा) सञ्चालन भएको अन्तरवार्ता परीक्षामा सहभागी  हुन आएका उनीहरुलाई पक्राउ गरिएको हो ।घर्तीले भने, ‘रोशन शाही दर्ता नं.

घुस लिएको अभियोगमा प्रमुख इञ्जिनीयर र सबइञ्जिनीयर पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोला तटबन्ध निर्माण सम्पन्न भएपछि बिल भुक्तानीमा सहजीकरण गरिदिने भन्दै घुस लिएको अभियोगमा दैलेखका प्रमुख इञ्जिनीयर र सबइञ्जिनीरलाई पक्राउ गरेको छ । आयोगका अनुसार दैलेखको भगवती माई गाउँपालिका–३ स्थित सान्तडा खोलामा तटबन्ध निर्माण सम्पन्न भएको र बिल फरफारकका लागि सहजीकरण गरिदिने भन्दै खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयका प्रमुख …

'विप्लव'को नाममा चन्दा माग्ने तीन जना पक्राउ :: Pahilopost.com

काठमाडौँ: विभिन्न व्यक्तिलाई फोनमार्फत धम्की दिएर चन्दा माग्ने तीन जनलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले बिहीवार राजधानीमा विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। दैलेख भगवती माई गाउँपालिका ७ का ३१ वर्षीय लोकेन्द्रराज थापा, ३७ वर्षीय केशवबहादुर बुढा र गोरखा सुलिकोट गाउँपालिका ५ का ३१ वर्षीय विकास