काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले उर्जा क्षेत्रमा थप लगानी विस्तार गर्न आवश्यक रहेको बताउनुभएको छ । मंगलबारबाट काठमाडाैंमा सुरु भएको आठौं ‘पावर समिट–२०२३’ लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले नीतिगत र व्यावहारिक रुपमा नै उर्जा क्षेत्रलाई समृद्धिको बलियो आधार मानेर अघि बढेकाले उर्जा क्षेत्रमा थप लगानी बढाउन आवश्यक रहेको बताउनुभयो । […]