काठमाडौं : नेकपा (एमाले)ले संसद्को सबैभन्दा ठूलो र प्रमुख प्रतिपक्षी दललाई एमसिसी सम्झौता पास गर्ने प्रक्रियाबाट वञ्चित गरिएको टिप्पणी गरेको छ।पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको वक्तव्य वाचन गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धनले एमसिसी पास गर्ने प्रक्रियामा एमालेलाई बाहिर राखिएको बताए।‘राष्ट्रिय हितको वास्ता नगरी आफ्नै छुद्र निजी स्वार्थ पूरा गर्न खोज्ने उनीहरूका बोली र व्यवहारमा रहेको अवसरवादी छेपारेपनले सत्ता सञ्चालक पार्टी र तिनका नेताहरूको अविश्वसनीयता