कञ्चनपुर : कृष्णपुर नगरपालिका–४ मालुबेलास्थित नमुना सामुदायिक वनमा फलफूलका विरुवा रोप्ने सुरु गरिएको छ। नगरपालिकाको फलफूल विकास कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा सामुदायिक वनलाई विरुवा उपलब्ध गराइएको हो।नगर प्रमुख कर्णबहादुर हमालले वन क्षेत्रको दुई बिघामा फलफूल रोप्ने कार्यको सुरुवात भएको बताए। ‘सामुदायिक वनमा सुन कागतीका ७०० वटा विरुवा रोपिएको छ,’ नगर प्रमुख हमालले भने, ‘पर्यापर्यटन प्रवर्द्धनका लागि नगरपालिकाले सामुदायिक वनको करिब १० हेक्टरमा विरुवा रोप्ने गुरु योजन