बिराटनगरमा चाडबाडको मौका छोपेर खसीको मासु भनेर बाख्राको मासु बिक्री गरिरहेको पाइएको छ । बिराटनगर महानगरप्रमुख सहितको अनुगमन टोलीले सो तथ्य फेला पारेको हो । उपभोक्ताले महानगरले सञ्चालनमा ल्याएको हटलाइन सेवा (टोल फ्रि नम्बर)मा यस्तो गुनासो गर्न थालेपछि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालासहितको टोली अनुगमनमा निस्केको थियो । हटलाइनमा आएका गुनासोलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न विराटनगर …