काठमाडौं । निसर्ग बाटिका विद्यालयले आगामी शैक्षिक सत्र २०८० देखि क्याम्ब्रिज प्राइमरी करिकुलम लागू गर्ने भएको छ ।
विद्यालयले ‘निसर्गः विकास र वृद्धि कार्यक्रम’आयोजना गरि क्याम्ब्रिज इन्टरनेशनलसँगको आबद्ध भएको औपचारिक घोषणा गरेको ।
विद्यालयले काठमाडौं कलेज अफ म्यानेजमेन्ट (केसीएम)सँगको सहकार्यमा विद्यालयले सो कार्यक्रमको घोषणा गरेको हो ।
क्याम्ब्रिजसँगको आबद्धताको घोषणा विद्यालयकी प्रधानाध्यापक उषा जोशी र क्याम्ब्रिज युनिभर्सिटी अफ प्रेस एन्ड एसेसमेन्टका दक्षिण एशियाली प्रवन्ध निर्देशक अरु राजामणीले संयुक्त रुपमा गरेका थिए ।
योसँगै विद्यालयले नेपालमा क्याम्ब्रिजसँग आबद्धता भएका विद्यालयहरुको सूचिमा समावेश भएको छ । यो सहकार्यका लागि निसर्गको सञ्चालक समितिका अध्यक्ष कामना रेग्मी, केसीएमका प्रबन्ध निर्देशक र प्रधानाध्यापक विष्णु राज अधिकारीले एक सम्झौतामा हस्ताक्षर गरेका थिए ।
सम्झौतापछि केसीएमले निसर्ग बाटिका निम्न माध्यमिक विद्यालय कार्यक्रम र हालै शुरु गरिएको निसर्ग उच्च माध्यमिक विद्यालय कार्यक्रमको लागि आवश्यक सहायता दिनेछ ।