सत्तारुढ गठबन्धनबीच स्थानीय तहको चुनाव २०७९ को वैशाखमै गर्ने सहमति भएको छ । बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठकले बैशाखमै स्थानीय निर्वाचन गर्ने सहमति गरेको हो ।यस विषयमा थप छलफल गर्न विहीबार पुनः बैठक बस्ने छ । माओवादी केन्द्रका नेता देव गुरुङका अनुसार संवैधानिक व्यवस्थाअनुसारै चुनाव गर्ने भन्ने मोटामोटी सहमति भएपनि मिति बारे भने आजको बैठकमा कुराकानी भएको छैन । कोरोना संक्रमणका कारण नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्ष नेता उपस्थित नभएकाले मितिबारे आज छलफल नभएको बताईएको छ ।