पाडेथोकका किसानका लागि डोकोको विकल्प ग्राभिटी रोपवे

वालिङ । वालिङ–५ पाडेथोकका किसानले कुनै बेला आफूले उत्पादन गरेको कृषिजन्य वस्तु डोकोमा बोकेर बजारसम्म पुर्‍याउनुपर्ने बाध्यता थियो । गाउँदेखि नजिकैको वालिङ बजार पुग्न पनि झण्डै दुई घण्टा पैदल हिँड्नुपर्दथ्यो । बजारसम्म पुग्न गोरेटो बाटोसमेत राम्रो थिएन, सडक सञ्जाल त परको कुरा थियो । वालिङ बजारबाट उत्तर पूर्वी भेगमा रहेको अग्लो पहाड पित्लेक र त्यसको काखमा कृषि कर्ममा रमाइरहेको पाडेथोकमा पिउने पानीको समस्या पनि उत्तिकै थियो । सिँचाइका लागि वर्षाको पानी संकलनका लागि पोखरी निर्माण गरिएका थिए । यसको समाधानका लागि खानेपानी लिफ्टिङ गरेर गाउँमा ल्याइयो । त्यसपछि मौसमी तथा बेमौसमी तरकारी, फलफूल उत्पादनमा सहजीकरण गर्न स्थानीय किसानको अगुवाइमा जनकल्याण कृषि सहकारी संस्था स्थापना भयो । सहकारीमा आबद्ध १४२ घरधुरीमध्ये ७२ घरधुरीले व्यावसायिक तरकारी उत्पादन गर्न थाले । उत्पादन बढेसँगै बजारीकरणको समस्या पनि बढ्दै गयो । स्थानीयले उत्पादन गरेको कृषि उपजको बजारीकरणको सहजताका लागि विसं २०७४ मा बिना विद्युतीय ग्राभिटी रोपवे निर्माण भई सञ्चालनमा आयो । पाडेथोक नजिकै रहेको सल्लाघारीबाट वालिङ–१ त्रियासी जोड्ने गरी रोपवे निर्माण भएको थियो । कृषि विकास मन्त्रालय व्यावसायिक कृषि तथा व्यापार आयोजनाको रू. २४ लाख ४५ हजार र रू. ३१ लाख ६० हजार बराबरको स्थानीयको जनश्रमदानमा पित्लेक–खहरे ग्राभिटी रोपवे सञ्चालन गरिएको सहकारीका व्यवस्थापक हुमनाथ लामिछानेको भनाइ छ । सल्लाघारीदेखि खहरेसम्म ८५४ मिटर लम्बाइ रहेको बिना विद्युतीय ग्राभिटी रोपवेको भारवहन क्षमता १२० किलोको छ । माथिल्लो स्टेशनबाट १२० किलो तौल तल्लो स्टेशनमा पठाउँदा तल्लो स्टेशनबाट ३० किलोको तौल माथिल्लो स्टेशनसम्म पठाउन सकिन्छ । ‘यहाँका व्यावसायिक किसानले उत्पादन गरेको मौसमी तथा बेमौसमी तरकारी, फलफूल ढुवानीको भरपर्दो माध्यम रोपवे बन्यो,’ उनले भने, ‘रोपवेको विकल्प थिएन, सस्तो र सहज थियो तर पछिल्लो एक वर्ष गाउँसम्म आउने बाटो कालोपत्र भई सडक सञ्जालले जोडिएपछि रोपवे वैकल्पिक साधनको रूपमा प्रयोग थालिएको छ ।’ गाउँबाट वालिङ तथा आसपासका अन्य बजारमा गाडी जाने र सोही गाडीमा यहाँका किसानले उत्पादित कृषिजन्य उपज पठाउने गरेका छन् । ‘सल्लाघारीसम्म बोकेर पुर्‍याउनुपर्ने र त्यहाँबाट लोड गरी र तल्लो स्टेशनबाट फेरि लोड गरी सम्बन्धित व्यापारीकहाँ पुर्‍याउनुपर्ने अवस्था थियो,’ उनले भने, ‘अहिले घरैबाट सवारीधनीहरूले उठाएर लगिदिने र आफैंले बजारमा चलेको मूल्यअनुसार विक्री गरी साँझ घरमै पैसा ल्याई बुझाइदिने गरेकाले अहिले यहाँका किसानलाई निकै सहज भएको छ ।’ रोपवेमार्फत ढुवानी गर्दा प्रतिकिलो रू. १ शुल्क लिने गरिएको थियो । गाडीबाट ढुवानी हुन थालेपछि गत एक वर्षदेखि रोपवे खासै प्रयोगमा आएको छैन । प्रयोगमा नआए पनि ढुवानी गर्ने वैकल्पिक साधनको रूपमा समय–समयमा मर्मत सम्भार कार्य भने निरन्तर भइरहेको व्यवस्थापक लामिछानेको भनाइ छ । पाडेथोकका व्यावसायिक किसान यज्ञप्रसाद लामिछानेले अहिले गाउँबाटै बजार जाने गाडीमार्फत कृषि उपज ढुवानी गर्छन् । सवारी धनीले घर–घरबाटै कृषि उपज उठाएर बजार लैजाने र विक्री गरेर हिसाब घरमै ल्याएर बुझाइदिने गरेकाले सहज भएको उनले बताए । ‘गाउँबाट बिहानमा दैनिक दुई ओटा जीप वालिङ तथा आसपासका बजारमा जान्छन्,’ उनले भने, ‘गाडीधनीले हामीले घर–घरमा तौलेर राखेका कृषि उपज बजार लैजान्छन् र चलनचल्तीको मूल्यमा विक्री गरी साँझ आएर हिसाब दिन्छन्, त्योबापत प्रत्येक किसानले प्रतिकेजी रू. २ ढुवानीबापत दिन्छौं ।’ गाउँबाट बजारसम्म जाने गाडीलाई आम्दानी र किसानलाई सहज पनि भएको छ । ‘कोही व्यापारीले माग गरेमा गाडीवालाले त्यहाँसम्म पनि सोही मूल्यमा ढुवानी गरिदिन्छन्,’ उनले भने, ‘नभए उनीहरूले जहाँ पनि विक्री गरेर हामीलाई हिसाब दिन्छन्, झट्ट हेर्दा कृषि एम्बुलेन्सको काम भएको छ ।’ मौसमी तथा बेमौसमी गोलभेडा, तरकारी, सुन्तला, कागतीलगायत कृषिजन्य उत्पादन गरी गाउँमा करोडौं आम्दानी भित्रिने गरेको छ । धेरै लामो समयदेखि ठूलो संख्यामा यहाँका किसानले व्यावसायिक रूपमा तरकारी तथा फलफूल उत्पादन गर्दै आएका छन् । यहाँको मुख्य आम्दानीको स्रोत नै मौसमी तथा बेमौसमी तरकारी र फलफूल रहेको जनकल्याण कृषि सहकारी संस्थाका अध्यक्ष नीलकण्ठ लामिछानेले बताए । रासस

सम्बन्धित सामग्री

पाडेथोकका किसानका लागि डोकोको विकल्प ग्राभिटी रोपवे

वालिङ । वालिङ-५ पाडेथोकका किसानले कुनै बेला आफूले उत्पादन गरेको कृषिजन्य वस्तु डोकोमा बोकेर बजारसम्म पुर्‍याउनुपर्ने बाध्यता थियो । गाउँदेखि नजिकैको वालिङ बजार पुग्न पनि झण्डै दुई घण्टा पैदल हिँड्नुपर्दथ्यो । बजारसम्म पुग्न गोरेटो बाटोसमेत राम्रो थिएन, सडक सञ्जाल त परेको कुरा थियो । वालिङ बजारबाट उत्तर पूर्वी भेगमा रहेको अग्लो पहाड पित्लेक र त्यसको काखमा कृषि कर्ममा रमाइरहेको पाडेथोकमा पिउने पानीको समस्या पनि उत्तिकै थियो । सिँचाइका लागि वर्षाको पानी संकलनका लागि पोखरी निर्माण गरिएका थिए । यसको समाधानका लागि खानेपानी लिफ्टिङ गरेर गाउँमा ल्याइयो । त्यसपछि मौसमी तथा बेमौसमी तरकारी, फलफूल उत्पादनमा सहजीकरण गर्न स्थानीय किसानको अगुवाइमा जनकल्याण कृषि सहकारी संस्था स्थापना भयो । सहकारीमा आबद्ध १४२ घरधुरीमध्ये ७२ घरधुरीले व्यावसायिक तरकारी उत्पादन गर्न थाले । उत्पादन बढेसँगै बजारीकरणकोे समस्या पनि बढ्दै गयो । स्थानीयले उत्पादन गरेको कृषि उपजको बजारीकरणको सहजताका लागि विसं २०७४ मा बिना विद्युतीय ग्राभिटी रोपवे निर्माण भई सञ्चालनमा आयो । पाडेथोक नजिकै रहेको सल्लाघारीबाट वालिङ-१ त्रियासी जोड्न गरी रोपवे निर्माण भएको थियो । कृषि विकास मन्त्रालय व्यावसायिक कृषि तथा व्यापार आयोजनाको रू. २४ लाख ४५ हजार र रू. ३१ लाख ६० हजार बराबरको स्थानीयको जनश्रमदानमा पित्लेक-खहरे ग्राभिटी रोपवे सञ्चालन गरिएको सहकारीका व्यवस्थापक हुमनाथ लामिछानेको भनाइ छ । सल्लाघारीदेखि खहरेसम्म ८५४ मिटर लम्बाइको रहेको बिना विद्युतीय ग्राभिटी रोपवेको भारवहन क्षमता १२० किलोको छ । माथिल्लो स्टेशनबाट १२० किलो तौल तल्लो स्टेशनमा पठाउँदा तल्लो स्टेशनबाट ३० किलोको तौल माथिल्लो स्टेशनसम्म पठाउन सकिन्छ । ‘यहाँका व्यावसायिक किसानले उत्पादन गरेको मौसमी तथा बेमौसमी तरकारी, फलफूल ढुवानीको भरपर्दो माध्यम रोपवे बन्यो,’ उनले भने, ‘रोपवेको विकल्प थिएन, सस्तो र सहज थियो तर पछिल्लो एक वर्ष गाउँसम्म आउने बाटो कालोपत्र भई सडक सञ्जालले जोडिएपछि रोपवे वैकल्पिक साधनको रूपमा प्रयोग थालेको छ ।’ गाउँबाट वालिङ तथा आसपासका अन्य बजारमा गाडी जाने र सोही गाडीमा यहाँका किसानले उत्पादन भएको कृषिजन्य उपज पठाउने गरेका छन् । ‘सल्लाघारीसम्म बोकेर पुर्‍याउनुपर्ने र त्यहाँबाट लोड गरी र तल्लो स्टेशनबाट फेरि लोड गरी सम्बन्धित व्यापारीकहाँ पुर्‍याउनुपर्ने अवस्था थियो,’ उनले भने, ‘अहिले घरैबाट सवारीधनीहरूले उठाएर लगिदिने र आफैंले बजारमा चलेको मूल्यअनुसार विक्री गरी साँझ घरमै पैसा ल्याई बुझाइदिने गरेकाले अहिले यहाँका किसानलाई निकै सहज भएको छ ।’ रोपवेमार्फत ढुवानी गर्दा प्रतिकिलो रू. १ शुल्क लिने गरिएको थियो । गाडीबाट ढुवानी हुन थालेपछि गत एक वर्षदेखि रोपवे खासै प्रयोगमा आएको छैन । प्रयोगमा नआए पनि ढुवानी गर्ने वैकल्पिक साधनको रूपमा समय-समयमा मर्मत सम्भार कार्य भने निरन्तर भइरहेको व्यवस्थापक लामिछानेको भनाइ छ । पाडेथोकका व्यावसायिक किसान यज्ञप्रसाद लामिछानेले अहिले गाउँबाटै बजार जाने गाडीमार्फत कृषि उपज ढुवानी गर्छन् । सवारी धनीले घर-घरबाटै कृषि उपज उठाएर बजार लैजाने र विक्री गरेर हिसाब घरमै ल्याएर बुझाइदिने गरेकाले सहज भएको उनले बताए । ‘गाउँबाट बिहानमा दैनिक दुई ओटा जीप वालिङ तथा आसपासका बजारमा जान्छन्,’ उनले भने, ‘गाडीधनीले हामीले घर-घरमा तौलेर राखेका कृषि उपज बजार लैजान्छन् र चलनचल्तीको मूल्यमा विक्री गरी साँझ आएर हिसाब दिन्छन्, त्योबापत प्रत्येक किसानले प्रतिकेजी रू. २ ढुवानीबापत दिन्छौं ।’ गाउँबाट बजारसम्म जाने गाडीलाई आम्दानी पनि र किसानलाई सहजता पनि हुने गरेको छ । ‘कोही व्यापारीले माग गरेमा गाडीवालाले त्यहाँसम्म पनि सोही मूल्यमा ढुवानी गरिदिन्छन्,’ उनले भने, ‘नभए उनीहरूले जहाँ पनि विक्री गरेर हामीलाई हिसाब दिन्छन्, झट्ट हेर्दा कृषि एम्बुलेन्सको काम भएको छ ।’ मौसमी तथा बेमौसमी गोलभेडा, तरकारी, सुन्तला, कागतीलगायत कृषिजन्य उत्पादन गरी गाउँमा करोडौं आम्दानी भित्रिने गरेको छ । धेरै लामो समयदेखि ठूलो संख्यामा यहाँका किसानले व्यावसायिक रूपमा तरकारी तथा फलफूल उत्पादन गर्दै आएका छन् । यहाँको मुख्य आम्दानीको स्रोत नै मौसमी तथा बेमौसमी तरकारी र फलफूल रहेको जनकल्याण कृषि सहकारी संस्थाका अध्यक्ष नीलकण्ठ लामिछानेले बताए । रासस