विराटनगर र भुटानी क्लब पारोबीच फुटबल विकासको लागि सम्झौता

इलाम : नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टिम विराटनगर सिटी एफसीले भुटानको क्लब पारो एफसीसँग सम्झौता गरेको छ।सम्झौतामा विराटनगरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभाशिष कोइराला र पारोका अध्यक्ष कर्मा जिग्मेले हस्ताक्षर गरेका छन्। विराटनगरले शनिबार एक विज्ञप्ति निकाल्दै भुटानी क्लबसँग क्लबले सम्झौता गरेको जनाएको छ।दुई देशबीच व्यवसायिक फुटबल विकास र स्तर सुधारका लागि पारोसँग सहकार्य गरिएको विराटनगरले जनाएको छ। ‘पारो फुटबल क्लबसँग सम्झौता पत्रमा हस्ताक्षर भएको घोषणा गर्न पाउँदा विराट

सम्बन्धित सामग्री

‘देश विकासको पहिलो आधार सुशासन’

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा शेखर कोइरालाले मुलुकको विकासका लागि सुशासनलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । सुशासनबिना मुलुकको विकास हुन नसक्ने भन्दै उनले नेपाली कांग्रेसले सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । मोरङ निर्वाचन क्षेत्र नं ६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै उनले भने, ‘देशभर मतगणना चलिरहेको […]

चुनावमा मुसहर बस्तीको माग : मन्दिर र १० टिपर गिटी

२२ कात्तिक, विराटनगर । कोसी राजमार्गको विराटनगर प्रवेशद्वार खारजीबाट करिब सात सय मिटर पश्चिम पर्छ, ‘खारजी कोहबरा’ । विराटनगर महानगरपालिका– ४ मा रहेको यो बस्तीले विकासको नाममा वर्षायाममा हिलाम्य र हिउँदमा धुलाम्य हुुने सडक र विजुलीको पोलबाहेक केही पाएको छैन । सडक, खानेपानीलगायतका पूर्वाधारबाट टाढै छ यो बस्ती । प्रदेश राजधानीमै पर्ने यो गाउँका बासिन्दा […]

पूर्वी मधेशका मतदाता के चाहन्छन्, नेता के भन्छन् ? ५ भिडियोमा हेर्नुहोस्

७ कात्तिक, विराटनगर । नेताहरुले विकासको बाचा गरे भन्दैमा सबै नागरिकको पहिलो प्राथमिकता विकास हुँदोरहेनछ । उनीहरुले अनलाइनखबरसँग आफ्ना यस्ता मर्काहरु राखे, जसबारे जनप्रतिनिधिको दृष्टि उघारिनै पाएको छैन । यहाँ हामीले प्रस्तुत गरेका भिडियोले उनीहरुका वास्तविक मर्का देखाउँछन् । सुकुम्बासी बस्तीका महिलाहरुलाई लालपूर्जा चाहिएको छ । नागरिकताविहीन हुनपुग्दा राज्यका न्युनतम अवसरबाट बञ्चित नागरिकका लागि नागरिकताको […]

राप्रपाका उम्मेदवारले विराटनगर महानगर प्रमुख र उपप्रमुखका लागि दिए मनोनयन

विराटनगर : विराटनगर महानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट प्रमुख पदमा मनोनय पत्र दर्ता गराएका छन्। राप्रपाका महामन्त्री समेत रहेका शाह यसअघि २०६१ सालमा शाही कालमा भएको निर्वाचनमा विराटनगरका प्रमुख चुनिएका थिए। उम्मेदवारी दर्ता गरेपछि शाहले आफूले पहिले पनि नगर चलाइसकेको उल्लेख गर्दै जनप्रतिनिधि भ्रष्टाचारबाट मुक्त हुन सके विकासको मूल फुट्ने…

प्रदेश–१ पछि परेकोमा उद्योगी–व्यवसायी चिन्तित

विराटनगर-प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले संघीयतासँगै विकासको विकेन्द्रीकरण भएको बताएका छन् ।बाह्रखरी मिडिया प्रालि र उद्योग संगठन मोरङले विराटनगरमा आयोजना गरेको इकोनोमिक समिट कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले प्रदेशका विषयमा नकारात्मक टिप्पणी भए पनि विकासको विकेन्द्रीकरण भएको बताए ।उनले भने, “पहिले एउटा सडक पुल नभएको जिल्लामा पनि प्रदेश सरकार बनेपछि पुल निर्माण सुरू भएको छ, […]

विराटनगर महानगरमा बन्न सकेनन् आकाशे पुल

विराटनगर । ट्राफिक चाप वृद्धि हुनु र मुख्य राजमार्ग दुई लेनबाट ६ लेनको विस्तार हुँदा विराटनगरका विभिन्न चोकहरूमा दुर्घटना बढेपछि विराटनगर महानगरपालिकाले आकाशे पुल बनाउने निधो गर्‍यो । डीपीआर तयार भएर ठेक्का पनि लाग्यो । तर पहिले आकाशे पुल चाहिन्छ भनेर महानगरलाई दबाब दिनेहरू नै अहिले पुल बन्न नदिने प्रयासमा लागेका छन् । ‘पहिले आकाशे पुल बनाइदेऊ भन्दै डेलिगेसन आउँथे, अहिले मेरो घर अगाडि बनाउन पाइँदैन भन्दै अवरोध गरिरहेका छन्,’ महानगर प्रमुख भीम पराजुलीले भने । महानगरवासीको चौतर्फी दबाब बढेपछि महानगरले आकाशे पुलको आवश्यकता अध्ययन ग¥यो । अध्ययनले कम्तीमा चार ठाउँमा आकाशे पुल जरुरी रहेको निष्कर्ष निकाल्यो । त्यसैका आधारमा महानगरपालिकाले आवश्यक स्रोतको व्यवस्थापन गरेर आकाशे पुल बनाउने योजना अगाडि बढायो । अहिले कञ्चनबारी, बरगाछी, घाँसचोक र बसपार्क क्षेत्रमा आकाशे पुल बनाउने अन्तिम तयारी गरिरहेको बेला स्थानीयले अवरोध गर्न थालेका छन् । आकाशे पुल बनाउन ठेकेदार कम्पनीले बसपार्क दक्षिण पाञ्चाली मोड नजिकै काम शुरू गर्‍यो । तर, जग्गाधनी नागेश कोइरालाले काममा अवरोध गरे । उनले आवश्यकता नै नभएको ठाउँमा आकाशे पुल बनाउन जरुरी छैन भन्दै काम अगाडि बढाउन दिएका छैनन् । विकल्पमा उनले बसपार्क क्षेत्रमै आकाशे पुल बने उपयोगी हुने सुझाव दिएका छन् । आकाशे पुल चाहियो भनेर सबैभन्दा धेरै माग भएमध्येको कञ्चनबारी चोकमा पनि महानगरले काम अगाडि बढाउन सकेन । आकाशे पुलको ‘ड्रइङ डिजाइन’ चोकको दक्षिणमा बनाउने गरी तयार भएको थियो । राजमार्ग पूर्व र पश्चिम दुवैतर्फका घरधनीहरूले पुल निर्माण गर्न नदिने भएपछि चोकबाट उत्तरतर्फ सारियो । तर, त्यहाँ पनि आकाशे पुल बन्ने छाँट छैन । प्रदेशसभा सदस्य चुमनारायण तवदारले महानगरमा लिखितै उजुरी दिएर आकाशे पुलको विकल्प खोज्न वा त्यहाँबाट अन्यत्र सार्न माग गरेका छन् । दक्षिणतर्फ बनाउँदा महानगर–४ का वडाध्यक्ष देवेन्द्रराज पोखरेलको घर छेकिने भएकोले पहिल्यै सारिएको थियो । उत्तरमा सांसद चुमनारायण तबदारको घर परेपछि कञ्चनबारी चोकमा बन्ने भनिएको आकाशे पुलको योजना अघि नबढ्ने आशंका गर्न थालिएको छ । बरगाछीमा पनि स्थानीय गणेश थापाले आफ्नो घर अगाडि आकाशे पुल नबनाउन दबाब दिँदै आएका छन् । उनले पनि दायाँबायाँ सारेर पुल बनाउन आग्रह गर्दै आफ्नो घर अगाडि भने बनाउन नमिल्ने भन्दै काम गर्न नदिने चेतावनी दिइरहेका छन् । सबैतिरबाट अवरोध भएपछि महानगर योजना कार्यान्वयन गर्न नसक्ने अवस्थामा पुगेको छ । विराटनगर महानगरपालिकाले बनाउन खोजेकामध्ये घाँसचोकमा आकाशे पुलको सबैभन्दा धेरै आवश्यकता देखिएको छ । बजार क्षेत्र भएको र पूर्व हाटखोलादेखि पश्चिम सरोचिया, जनपथ, ब्रह्मपुरादेखि सुनसरीसम्मबाट ठूलो संख्यामा मानिस आवतजावत गर्ने केन्द्र भएकाले त्यस ठाउँमा बन्ने आकाशे पुल उपयोगी हुने सरोकारवालाहरूले बताएका छन् । त्यस्तै कञ्चनबारी र बरगाछीमा पनि आकाशे पुल जरुरी छ । ती दुवै ठाउँमा स्थानीयले अवरोध गरेको भन्दै महानगरपालिकाले गत बिहीवारदेखि सरोकारवालाहरूसँग छलफल आरम्भ गरेको छ । बिहीवार विराटनगरबाट प्रकाशित पत्रिकाका सम्पादक र नेपाल पत्रकार महासंघका पदाधिकारीहरूसँग महानगरले छलफल गरी आकाशे पुल निर्माणमा देखिएको समस्याबारे जानकारी गराउँदै सहजीकरणको अपेक्षा पनि गर्‍यो । प्रदेशसभा सांसद तवदारले आफू विकासको विरोधी नभएको बताए । ‘जुन ठाउँमा बन्नुपर्ने हो, त्यो ठाउँमा नबनेर अन्तै बनाउन लागिएकाले त्यसो नगर्न भनेर मैले भनेको हुँ,’ उनले भने । अहिले आकाशे पुल बनाउने तयारी गरेको ठाउँबाट पूर्वतर्फ जाने दुईओटा साना बाटाहरूमा अवरोध हुने भएकाले सार्न आग्रह गरेको उनले बताए । चोकलाई आधार मानेर आकाशे पुल बनाउँदा सहज हुने उनको भनाइ छ । विराटनगर–४ का वडाध्यक्ष देवेन्द्रराज पोखरेलले आकाशे पुल बनाउन आफूले अवरोध नगरेको बताए । ‘मेरै अगाडिबाट बनाए पनि हुन्छ, पहिले पनि मेरो कारणले नभएर छिमेकीहरूका कारणले सरेको हो, यस विषयमा छलफल गरेर निष्कर्षमा पुग्ने सहमति छ,’ उनले भने । उता, पाञ्चाली मोड नजिक बन्न लागेको आकाशे पुल भने कम उपयोगी हुने सरोकारवालाहरूको ठहर छ । काममा अवरोध गरेको आरोप खेपेका नेपाली कांग्रेस मोरङका सचिव नागेश कोइरालाले भने, ‘आकाशे पुल कस्तो ठाउँमा बनाइन्छ ? भीडभाड हुने ठाउँमा नबनाएर नागेश कोइरालाको खाली जग्गामै लगेर बनाउनुको अर्थ के हो ? जबरजस्ती विकास विरोधी देखाउन यस्तो गरिएको अनुभूति भएको छ ।’ प्रदेश सरकारसमेतको सहयोगमा घाँसचोकमा लिफ्ट, शौचालय, सूचना केन्द्रसहितको आकाशे पुल बनाउने विराटनगर महानगरपालिकाको योजना छ । बाँकी पुलहरूमध्ये दुईओटामा दुवै तर्फबाट चढ्न मिल्ने र एउटामा भने एकातर्फबाट चढ्न मिल्नेगरी बनाउन लागिएको इन्जिनीयर डा. राजन सुवालले जानकारी दिए । चारओटा आकाशे पुल निर्माणका लागि महानगरले करीब ८ करोड रुपैयाँ खर्च गर्दै छ ।

विकासका योजनामा सहमति आवश्यक : डा कोइराला

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सबै दलहरुबीच राष्ट्रिय सहमति कायम गरी एमसीसी पास गर्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले विगतमा अरुण तेस्रो फर्केर जाँदा देश अन्धकारमा गएकोतर्फ ध्यान दिई पूर्वप्रधानमन्त्रीहरुबीच छलफल गरी यो विकासको योजनामा सहमति कायम गर्नुपर्नेमा जोड दिए । नेता कोइरालाले साथीभाइसँग सल्लाह गरेर […]

उर्जा र सिंचाईका लागि ३ अर्ब १५ करोड बजेट

विराटनगर। प्रदेश १ सरकारले आगामी आर्थिक बर्ष २०७८/७९ मा उर्जा र सिंचाईका लागि ३ अर्ब १५ करोड बजेट विनियोजन गरेको छ। 'प्रदेश पानी, प्रदेशकै जनताको लगानी’ कार्यक्रम अनुरुप निजी क्षेत्र र स्थानीय समुदायलाई लगानी गराउने र सौर्य तथा अन्य नविकरणीय उर्जाको विकासको लागि बजेट खर्च गरिने बजेट वक्तब्यमा उल्लेख छ।

अस्थायी मुकाम तोकिएपछि विराटनगर खुशी, धनकुटा बेखुशी

३ माघ, विराटनगर । प्रदेश १ को अस्थायी मुकाम विराटनगर तोक्ने सरकारी निर्णयको विराटनगरवासीले स्वागत गरेका छन् । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले देशकै पुरानो शहरको पहिचानलाई सरकारले बुझेको प्रतिक्रिया दिए । 'राजनीतिक र औद्योगिक विकासको जग बसालेको ऐतिहासिक नगरी विराटनरलाई सरकारले चिनेको मैले महसुस गरेको छु', उनले भने 'अब विराटनगरले विकासको …