माइतीघरमा धर्नामा रहेका रुवी खानलगायतसँग गृहमन्त्रीको भेट

काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि माइतीघरमा धर्नामा रहेका महिला अधिकारकर्मी रुवी खानसहितका प्रतिनिधिलाई आज भेट गरी धर्नालगायतका आन्दोलनका कार्यक्रम स्थगित गरी अनुसन्धानमा सघाउन आग्रह गरेका छन्। भेटका क्रममा गृहमन्त्री लामिछानेले सरकार समक्ष राखेका मागका विषयलाई सम्बोधन गर्न सरकार तयार रहेकाले धर्ना अन्त्य गरी छलफलमा आउन आग्रह गरेका छन् । […]

सम्बन्धित सामग्री

खगेन्द्र सुनारको आन्दाेलनमा राजेन्द्र महताेको ऐक्यबद्धता (तस्वीरहरू)

राष्ट्रिय मुक्ति क्रान्तिका संयाेजक तथा पूर्वमन्त्री राजेन्द्र महताेले काठमाडाैंकाे माइतीघरमा धर्नामा बसेका दलित अभियन्ता खगेन्द्र सुनारकाे आन्दाेलनप्रति ऐक्यबद्धता जनाएका छन् ।साेमबार दिउँसो धर्नास्थलमै पुगेर महतोले आन्दाेलनमा ऐक्यबद्धता जनाएका हुन् । राज्यका सबै निकायमा दलितकाे प्रतिनिधित्व हुनुपर्ने माग राख्दै सुनार धर्नामा बसेका छन् । त्यस अवसरमा अभियन्ता रुवी खान पनि सहभागी थिइन् ।

धर्नास्थल माइतीघर मण्डला जाँदै गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माइतीघर मण्डलामा भइरहेको धर्नास्थलमा जाँदैछन । बाँकेकी निर्मला कुर्मी बेपत्ता र नन्कुन्नी धोबीको हत्यारालाई कारवाहीको माग गर्दै माइतिघर मण्डलामा धर्नामा बसेकी अधिकारकर्मी रुवी खान लगायतलाई भेटन गृहमन्त्री लामिछाने