राष्ट्रिय मुक्ति क्रान्तिका संयाेजक तथा पूर्वमन्त्री राजेन्द्र महताेले काठमाडाैंकाे माइतीघरमा धर्नामा बसेका दलित अभियन्ता खगेन्द्र सुनारकाे आन्दाेलनप्रति ऐक्यबद्धता जनाएका छन् ।साेमबार दिउँसो धर्नास्थलमै पुगेर महतोले आन्दाेलनमा ऐक्यबद्धता जनाएका हुन् । राज्यका सबै निकायमा दलितकाे प्रतिनिधित्व हुनुपर्ने माग राख्दै सुनार धर्नामा बसेका छन् । त्यस अवसरमा अभियन्ता रुवी खान पनि सहभागी थिइन् ।