१० औँ राष्ट्रिय महाधिवेशनलाई सहमतिको महाधिवेशन बनाउने भनेर उद्घोष गरेको नेकपा एमालेलाई नेताहरुको व्यवस्थापनमा भने सकस देखिएको छ । यसपटक प्यानल बनाएर चुनाव लड्ने नदेखिएपनि निर्धारित पदभन्दा पनि बढी आकांक्षी देखिएपछि उनीहरुको व्यवस्थापनमा सकस देखिएको हो । सबै पदमा आकांक्षीहरु धेरै देखिएपछि पार्टीमा विधान संशोधनबारे नै छलफल गर्ने तयारी गरिएको छ । एमाले नेता गोकर्ण विष्टले यस विषयमा आज बस्ने बैठकमा छलफल हुन सक्ने बताए । त्यस्तै नेताहरु व्यवस्थापनका लागि पोलिटब्युरो र केन्द्रीय सदस्य र पदाधिकारी