पुल निर्माणमा खटिएका कामदारले ज्याला नपाएको गुनासो गरेका छन्। विसं २०७६ भदौ २७ गतेबाट नियमित काममा खटिएका कामदारले हालसम्म पनि ज्याला नपाएको गुनासो गरेका हुन्। हुम्लाको सिमकोट गाउँपालिका–७ र नाम्खा गाउँपालिका–१ मा पर्ने हेप्काखोलाको पुल निर्माणका लागि जिल्ला बाहिरबाट आएका कामदारले डेढ वर्षदेखि काम गर्दा पनि ज्याला नपाएको गुनासो गरेका छन्।