परराष्ट्रमन्त्री आरजु राणा देउवाले रुसी सेनामा भर्ती नेपालीहरूलाई उद्धार गर्ने सम्बन्धमा रुसी सरकारसँग उच्च कूटनीतिक तहमा निरन्तर पहल भइरहेको बताएकी छन् । प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको बैठकमा बुधबार मन्त्री राणाले भनिन्,‘रुससँग उच्च कूटनीतिक तहमा निरन्तर पहल भइरहेको छ ।’