विश्वभर माहामारीका रुपमा फैलिरुहेको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले जारी गरेको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गर्नेहरु समस्यामा परेका छन् । कतिपय स्थानीय तहहरुले उनीहरुलाई लक्षित गरी राहत सामग्री वितरण पनि गरिरहेका छन् ।
तर राहत प्याकेजले मात्र जिविका नचलने भन्दै धादिङको नेत्रावती दवजोङ गाँउपालिकाले गरिब तथा विपन्न र दैनिक ज्याला मजदुरीमा आश्रित परिवारका एक सदस्यलाई श्रममा आधारित रोजगारी दिन थालेको छ ।