चितवनमा ८ करोड रुपैयाँको लगानीमा सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालनमा आउने भएको छ । भरतपुर महानगरपालिका -८ मा १५ जना युवा उद्यमीको संयुक्त लगानीमा २ बिघा ३ कट्ठा क्षेत्रफलमा महालक्ष्मी ट्रायल सेन्टर प्रशिक्षण केन्द्र सञ्चालनमा आउने भएको हो ।चितवनमा आगामी आर्थिक वर्ष २०७९/०८० देखि चालक सवारी अनुमति वितरण गर्ने प्रक्रिया शुरु भएसँगै ट्रायल सेन्टर सञ्चालनमा ल्याउन लागिएको हो । ट्रायल सेन्टरको पूर्वाधार र आवश्यक संरचनाको कार्य सम्पन्न भइसकेको सेन्टरका अध्यक्ष डम्बर बहादुर थापाले जानकार