४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजनाबाट उत्पादन थालिएपछि नेपालमा खपतभन्दा बढी विद्युतीय ऊर्जा उपलब्ध छ । छिमेकी मुलुक भारतलाई ३९ मेगावाट बिजुली बेच्न थालिएको छ । प्रसारणलाइन अभावमा अहिले १०० देखि ३०० मेगावाट विद्युत खेर गइरहेको छ । धेरैलाई लाग्नसक्छ– उसो भए के भारतबाट विद्युत आयात गर्नुपर्ने बाध्यता हटेको हो ? हिउँद र बर्खायाम दुवै सिजनमा हामी बिजुलीमा आत्मनिर्भर भइसकेका हौं ? निर्माणाधीन आयोजना सम्पन्न भएपछि उत्पादन हुने सबै बिजुली बेचेर नेपालले अर्बौं रुपैयाँ कमाउने बाटो खु