धनकुटा : राष्ट्रिय जनमुक्ति पार्टी लगायत विभिन्न सात संगठनले आह्वान गरेको यातायात बन्दका कारण धनकुटासहित अरुण पूर्वका ९ जिल्लाको जनजीवन प्रभावित भएको छ। बन्दका कारण सोमबार धनकुटाबाट छुट्ने सबै यातायातका साधन छुट्न सकेका छैनन् भने धनकुटा आउने सवारीसाधन आउन सकेका छैनन्। साउन २२ गतेलाई लिम्बुवानको कालो दिनको रूपमा मनाउँदै यातायात बन्दका कारण जिल्लामा लामो तथा छोटो दूरीका कुनै पनि सवारीका साधन सञ्चालनमा आउन नसकेको जिल्ला ट्राफिक प्रहरी प्रमुख यज्ञराज शर्माले जानकारी दिए। सडकमा मोटरसाइ