बाढीले मनाङ-लमजुङ सडक पुनः अवरुद्ध

मनाङ : बाढीले हिमाली जिल्ला मनाङसँग जोड्ने लमजुङको बेँसीशहर–चामे सडक पुनः अवरुद्ध भएको छ। बुधबार साँझदेखि परेको अविरल वर्षासँगै आएको बाढीले बिहीबार मनाङ–लमजुङ जोड्ने उक्त सडकखण्डमा अवरुद्ध भएको हो। सडकखण्ड अन्तर्गत लमजुङस्थित मर्स्याङ्दी गाउँपालिका–४ मा रामबजार खोलाले सडक बगाएपछि आवागमन रोकिएको छ। ...

सम्बन्धित सामग्री

बेँशीशहर–चामे सडक पुनः अवरुद्ध

मनाङ । करीब चार महीना लगाएर सञ्चालन भएको बेँशीशहर–चामे सडक खण्ड वर्षाका कारण पुनः अवरुद्ध भएको छ । बेमौसमी वर्षापछि आएको बाढीपहिराले हिमाली जिल्ला मनाङको एक मात्र सडक सञ्जाल अवरुद्ध भएको छ । गत जेठ १४, ३१ र असार १ गतेको आएको बाढीपहिराले टुटेको सडक दशैंअघि मात्रै सञ्चालन भएको थियो । लामो समय लगाएर निर्माण गरिएको सडक आइतवारदेखि वर्षासँगै आएको बाढीपहिरोले पुनः अवरुद्ध भएको हो । बाढीपहिराले सदरमुकाम चामेभन्दा तल्लो भागका अस्थायी पुल तथा सडकहरूमा क्षति पु¥याएको छ । केही स्थानमा मस्र्याङ्दीमा आएको बाढीले कटानसमेत गरेको छ । बेँशीशहरदेखि मनाङको सदरमुकामसम्मको ६५ किलोमिटरमध्ये लमजुङतर्फ उक्त खण्डको म्याग्दीसम्म ३५ किलोमिटरमा पनि सडकमा क्षति पुगेको छ । उक्त सडक खण्डको केही भागमा बाढीपहिराले सवारीसाधन चल्न सक्ने अवस्थामा रहेको छैन । म्याग्दीदेखि मनाङ सदरमुकाम चामेसम्मको विभिन्न स्थानमा बाढीपहिरोले सडक र अस्थायी पुल बगाएकाले सवारीसाधन सञ्चालन हुन नसकेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार चामे गाउँपालिकाको कोतो नजिकैको भीर, थान्चोक र तिमाङबीचको ठाउँमा पहिरा खसेको छ । ‘स्याक्र्यु खोलाको अस्थायी काठे पुलमा ठूलो मुढा अड्किएको छ । तिमाङखोलाको अस्थायी काठेपुलको केही भाग बगाएको छ,’ प्रजिअ आचार्यले भने । नासोँ गाउँपालिकाको दानक्युको अस्थायी काठे पुलमा बाढीपहिराले क्षति पु¥याएको उनले बताए । यसैगरी बगरछाप, एक्लेभट्टी, खोत्रो, निगालाघारीमा ठाडोखोलाले सडकमा क्षति पु¥याउनुका साथै सडक बगाएको उनको भनाइ छ । उक्त सडकअन्तर्गत माथिल्लो मनाङ जाने सडक तलेखुको माथिल्लो क्षेत्रमा मस्र्याङ्दी नदीले कटान गरी सडकमा क्षति पु¥याएको उनले बताए । भ्राताङदेखि तल र तलेखुदेखि माथिको भागमा मस्र्याङ्दीले कटान गर्नाका साथै डुबानमा परेको प्रजिअ आचार्यले बताए । ‘मस्र्याङ्दीमा आएको बाढीले तल्लो मनाङस्थित चामेभन्दा तल्लो भागको धारापानी, तालगाउँलगायत ठाउँमा बसोबास गर्दै आएका मनाङवासीलाई सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छौं,’ उनले भने ।’ मनाङको मेरुदण्डको रूपमा रहेको बेँशीशहर–चामे सडकको १२ देखि १५ स्थानमा बाढीपहिरोले क्षति पु¥याएको उनले बताए । वर्षा रोकिएपछि एकै दिन सडक मर्मत सक्ने गरी योजना बनाएर अगाडि काम गरिने उनको भनाइ छ । रासस

गए रातिको वर्षाले मेलम्ची इन्द्रावती सडक पुनः अवरुद्ध

गए रातिको भीषण वर्षाका कारण मेलम्ची इन्द्रावती जोड्न अस्थायी मोटर बाटोमा क्षति पुगेको छ । गत असार १ को बाढीले पक्की पुल बगाएपछि करिब तीन महिनापछि ह्युम पाइप राखी मोटर बाटो बनाइएको थियो । मोटर बाटोमा गए रातिको वर्षाले पुनः क्षति भएको उक्त अस्थायी मोटर बाटो उपभोक्ता समितिका अध्यक्ष तारा बानियाँले जानकारी दिए । उनले  मौसम सुधार आउने बित्तिकै बाटो मर्मत गरी सञ्चालनमा ल्याउने बताए । यस्तै मेलम्ची दुवाचौर जोड्न फट्टेमा बनाइएको ह्युमपाइप माथिको माटो बगाएका कारण उक्त बाटोसमेत अवरुद्ध भएको स्था

मेलम्ची–हेलम्बु सडक निर्माण अनिश्चित

सिन्धुपाल्चोक । मेलम्ची खोलामा आएको बाढीले निरन्तर कटान गरेपछि मेलम्ची हेलम्बु सडक निर्माण अनिश्चित बनेको छ । गत असार १ गतेपछि आएको बाढीले भत्काएको सडक पटक पटक बनाएर यातायात सञ्चालन गरे पनि निरन्तरको बाढी र कटानले गर्दा सडक पुनः अवरुद्ध भएको छ । सडक सञ्जाल नहुँदा मेलम्चीदेखि माथिल्लो भेगका नागरिकले सास्ती भोग्न परेको छ । सडक नहुँदा पुल निर्माण समेत बाधा पुगेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । ‘लगभग यतिबेला पुल निर्माणको काम सकिनै लाग्थ्यो, बाटो नभएर सामान ल्याउनै पाइएन समस्या भयो,’ उनले भने । आगामी दशैंसम्ममा अस्थायी आवास निर्माणको काम सक्ने र प्रभावितलाई स्थानान्तरण गर्ने गाउँपालिकाका योजनामा समेत अहिलेको बाढीले प्रभाव पारेको छ । निरन्तरको वर्षाका कारण अहिले पनि मेलम्ची खोलामा बाढी आउँदा हेलम्बुदेखि सिपाघाटसम्मका नदी किनारका बस्ती जोखिममा परेका छन् । आइतवारमात्रै पनि मेलम्ची नगरपालिका–६ तालामाराङ बजार नजिकैको एक घर बाढीले क्षति पुर्‍याएको थियो । बाढीले ठूलो क्षति पु¥याएको हेलम्बु मेलम्चीमा अहिले पनि जोखिम कायमै रहेको छ । नगर प्रमुख डम्बर अर्यालले नदी किनारको बस्तीमा बसोवास गर्नेलाई सुरक्षित स्थानमा बस्न र सतर्कता अपनाउन आग्रह गरिएको बताए । ‘नदी नियन्त्रण र नदीले अवरुद्ध बनाएको सडक खुलाउन हामीले सम्पूर्ण संयन्त्र परिचालन गरेका छौं, करोडौं रुपैयाँ लगानी भइसक्यो । तर पनि हाम्रो लगानी र हाम्रो मिहेनत बालुवामा पानीजस्तै भएको छ,’ उनले भने । गत शुुक्रवारदेखिको लगातारको वर्षाले हेलम्बुको तिम्बुदेखि मेलम्ची–११ को बजारसम्म खोला वारिपारि रहेका घर, टहरा, पुल, खेत तीन विद्यालय जोखिममा छन् । अहिले खेतीयोग्य सयौं रोपनी बाढीले कटान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार सोमवार बिहानसम्म जिल्लामा यस वर्ष २७२ पक्की घर, १८५ कच्ची घर, ६६ गोठ टहरा, अन्य ५२, पक्की सात झोलुंगे पुलमा १५ क्षति भएको छ । रासस

मेलम्ची–हेलम्बु सडक निर्माण अनिश्चित

मेलम्ची खोलामा आएको बाढीले निरन्तर कटान गरेपछि मेलम्ची हेलम्बु सडक निर्माण अनिश्चित बनेको छ । गत असार १ गतेपछि आएको बाढीले भत्काएको सडक पटक पटक बनाएर यातायात सञ्चालन गरे पनि निरन्तरको बाढी र कटानले गर्दा सडक पुनः अवरुद्ध भएको छ । सडक सञ्जाल नहुँदा मेलम्चीदेखि माथिल्लो भेगका नागरिकले सास्ती भोग्न परेको छ । सडक नहुँदा पुल निर्माण समेत बाधा पुगेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । “लगभग यतिबेला पुल निर्माणको काम सकिनै लाग्थ्यो बाटो नभएर सामान ल्याउनै