पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार २०१ नमूना परीक्षणमध्ये ८०५४ पीसीआर र २२६५ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । हालसम्मको मृत्यु संख्या ११ हजार ६५९ छ ।
मन्त्रालयका अनुसार थप २५४० जना संक्रमणमुक्त भएका छन् ।
यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ८ लाख २४ हजार २३९ पुगेको छ ।
हाल मुलुकभर ८२ हजार ५५० सक्रिय संक्रमित छन् ।