दसैँ, तिहार तथा छठ पर्व लाग्दै गर्दा किनमेल बजारमा उपहार नै उपहारको बहार छाएको छ । चाडवार्ड विशेष व्यवसायीहरूले मौका छोपेर ग्राहक तान्ने गरी आकर्षक छुट योजनासहित बम्पर उपहार दिने योजना अघि सारेका छन् । यस्तोमा ब्राण्ड होस् या सपिङ सेन्टर वा अनलाइन सेवा–सबैले आ–आफ्ना तरिकाले व्यवसायिक स्कीमहरू दिइरहेका छन् । यस्ता छन् किनमेल बजारमा उपहार तथा छुट योजना :सामसुङ मोबाइल : आईएमएस एसमार्टबाट सामसुङका कुनै पनि स्मार्टफोन खरिद गर्दा कम्पनीले ५० प्रतिशत मूल्य बराबरसम्मको गिफ्ट भौचर