बजेटको कार्यान्वयन पक्ष र लगानी प्रतिफल

कागजमा कोरिएको सिद्धान्तलाई कार्यान्वयनमा ल्याई व्यवहारमा त्यसको परिणाम नदेखिने हो भने त्यो सिद्धान्त कागजको खोस्टा मात्र हुन्छ । अर्थशास्त्रको सामान्य सिद्धान्त के हो भने आम्दानीको अनुपातमा खर्च गर्ने, आम्दानी कम र खर्च बढी छ भने अनावश्यक खर्चलाई घटाउने, भएको आम्दानीले खर्च धान्न नसक्ने भए उत्पादनमूलक रोजगार तथा व्यवसायमा लगानी बढाई आम्दानी बढाउँदै ऋणभार कम गर्दै आत्मनिर्भर बन्ने दिशामा बिस्तारै अघि बढ्दै जाने हो ।  अहिले देशको अर्थतन्त्र समस्यामा छ । बजार चलायमान हुन सकेको छैन । साना व्यवसायीदेखि ठूला उद्योगपतिसम्म समस्यामा छन् । आयात बढी छ । आत्मनिर्भर अर्थतन्त्र छैन । विप्रेषणको भरमा मात्र कतिन्जेल टिक्न सकिन्छ र ? चाहिनेभन्दा बढी साधारण खर्च छ । पूँजीगत खर्च हुन सकेको छैन । लगानीको प्रतिफल प्रत्यक्ष वा अप्रत्यक्ष जनताले पाउन सकेका छैनन् । राजस्व अपेक्षाअनुसार संकलन भएको छैन । आर्थिक वृद्धिदर लक्ष्यभन्दा निकै कम हुने देखिएको छ । यस्तोमा बजेट दृढ इच्छाशक्तिका साथ राष्ट्रिय अर्थतन्त्रलाई उँभो लगाउने संकल्पको दस्तावेजका रूपमा आउनुपर्छ । अब जो कोही भ्रष्टाचारीलाई निर्मम कारबाही गर्ने हो । समयमै काम सम्पन्न गर्ने, सुशासनको प्रत्याभूति दिने, उत्पादनमूलक व्यवसाय गर्ने सबैलाई पुरस्कृत गरेर हौसला बढाउनेजस्ता नीति ल्याउन आवश्यक छ । सुशासनविना दिगो विकास दिन सकिँदैन । हाम्रो अर्थतन्त्र वैदेशिक ऋणको भारले दबिएको अवस्था पनि छ । आफ्नो सामान्य खर्च चलाउन पनि वैदेशिक ऋण लिनुपर्ने अवस्था आउनु आफैमा गम्भीर चिन्ताको विषय हो । कुनै एक कार्यकालमा जादूको छडीले जस्तो सबै सुधार हुँदैन तर पछि गरौंला भन्ने छूट पनि हामीलाई छैन । अब राष्ट्रिय संकल्पका साथ आर्थिक समृद्धिका लागि हामी सबै एकसाथ उठेनौं भने आर्थिक रूपले देश थचारिन्छ । हामीसँग अहिले नै ठूलाठूला मेगा परियोजना सञ्चालन गर्न वा उद्योगधन्दाको विस्तार गर्न पूँजीको अभाव होला । त्यसका लागि नागरिक लगानी कोष वा शेयरबजारमार्फत आन्तरिक लगानीलाई प्रोत्साहन गर्न सकिन्छ ।  विदेशमा रहेका नेपालीहरूलाई लगानीको सहज वातावरण बनाउने हो र स्वदेशी लगानीलाई पहिलो प्राथमिकतामा राख्न सक्ने हो भने धेरै राम्रो हुनेछ । वैदेशिक ऋण लिने कुरामा हामी चुकेका छौं, बेइमानी भएको छ, ऋणको दुरुपयोग पनि भएको छ । ऋण लिएर घ्यू पिउने होइन, ऋणलाई अधिकतम फाइदा दिने क्षेत्रमा लगानी गर्ने हो । हामीकहाँ ऋणलाई तिर्नै नपर्ने वा तिरे पनि देशले तिर्ने हो, आफ्नो घर जायजेथा लिलाम हुने होइन भन्ने मनसायले कमिसन आउने क्षेत्रमा लिन थालियो । जस्तै : मेलम्चीमा भएको लगानी, त्यसको ब्याज र प्रतिफल हेरांै । त्यस्तै भैरहवा अन्तरराष्ट्रिय विमानस्थल र झन्डै १०० किमीको दूरीमा रहेको पोखरा अन्तरराष्ट्रिय विमानस्थलको लगानीलाई पनि हेरौं । त्यस्तै देशभरी सडक सञ्जाल विस्तार हुनु राम्रो हो तर जहाँ बाक्लो बस्ती छैन वा बढी आवागमन छैन भने त्यहाँ दुई लेनको सडकले नै काम चल्छ भने त्यहाँ चार लेन सडक निर्माण आवश्यक नहुन सक्छ । त्यो रकम शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यावरण, सरसफाई, सामाजिक सुरक्षाजस्ता अत्यावश्यक ठाउँमा लगाउँदा त्यसबाट बढी लाभ लिन सकिन्छ । यस्तो लाभको सामान्य अनुमानसमेत नगरेर कमिशनको चक्करमा जथाभावी अनुत्पादक क्षेत्रमा लगानी लगाउनाले पनि देश ऋणको भारले दबेको हो ।  पूँजीगत खर्च बढाउने नै हो भने सिँचाइ, बीउबिजन, भण्डारण, पशुपालन, मलखाद उद्योग, बजार व्यवस्थापन आदिमा व्यापक लगानी अभिवृद्धि गर्नुपर्छ । यसो भएमा कृषि उत्पादनमा आत्मनिर्भर हुन सकिन्छ । त्यस्तै कपडा उद्योग, धागो उद्योग, पेय पदार्थ, कृषि औजार, तेल, दाल, चामल, कागजजस्ता क्षेत्रलाई प्राथमिकता दिनुपर्छ । यसरी आयातमुखी अर्थतन्त्रलाई विस्थापन गर्न सके देशमै रोजगारी सृजना गर्न सकिन्छ । त्यस्तै जलविद्युत् उत्पादन, जडीबुटी उत्पादन प्रशोधन, विविध पर्यटकीय पूर्वाधार विकास र क्षेत्र विस्तार गर्दै अन्तरराष्ट्रिय बजारमा मार्केटिङ गर्न सके वैदेशिक रकम सञ्चितिदेखि व्यापक रूपमा रोजगारी सृजना गर्न सकिन्छ । यी धेरै ठूलो सैद्धान्तिक कुरा नभई हामीले आफ्नै पूँजी, शीप र श्रमको लगानीमा प्रविधिको आयात गरी सञ्चालन गर्न सकिन्छ । पार्टीको घोषणापत्रदेखि संविधानसम्म हामी समाजवादको कुरा गर्छौं । तर, समाजवाद उन्मुख नीति निर्माणतर्फ उन्मुख हुँदैनौं भने कसरी र कहिले आउने हो त समाजवाद ?  आजको कठिन घडीबाट देशलाई सुरक्षित निकास दिन, देशलाई आत्मनिर्भर बनाउन, आयातमुखी बजारलाई निर्यातमुखी बनाउन सर्वप्रथम सरकार, सरकार सम्बद्ध दल र कार्यकारी नेतृत्वमा समृद्धि र विकासका लागि प्रबल इच्छाशक्ति हुनुपर्छ । साथै इमानदारी, जवाफदेही, पारदर्शिता र भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिसहित सुशासनको सार्वजनिक प्रतिबद्धता पहिलो आवश्यकता हुन्छ । लेखक नेपाली कांग्रेसका नेता हुन् ।

सम्बन्धित सामग्री

एमालेमा गुटबन्दी र पक्ष-विपक्ष छैन– ओली

काठमाडौं, २५ चैत्र । नेकपा (एमाले) का अध्यक्ष ओलीले एमालेभित्र कुनै प्रकारको गुटबन्दी र पक्ष–विपक्ष नभएको बताएका छन् । अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) को सातौँ राष्ट्रिय अधिवेशनको आज उद्घाटन गर्दै उनले एमाले एकजुट रहेको बताएका हुन् । ‘एमालेभित्र कुनै प्रकारको गुटबन्दी र पक्ष–विपक्ष छैन । सबै एकजुट रहेका छन् । स्वार्थका लागि कसैले यस्तो […]

कांग्रेसका तीन पक्ष (अन्तर्वार्ता)

देउवाजीलाई सभापति मान्नेसँग सहकार्य हुन्छ : प्रकाशशरण महत (संस्थापन पक्ष) प्रदेश अधिवेशनमा खास गरेर प्रदेश १ र बागमतीमा तपाईंहरूले सिटौला समूहसँग अघोषित समीकरण बनाएको देखियो, के आधारमा यस्तो बन्यो ? अघोषित कहाँबाट...

कांग्रेस अधिवेशन: पालिका सभापतिमा देउवा पक्ष हाबी!

‘अहिलेसम्म सकिएका पालिका अधिवेशनबाट सभापति देउवा पक्ष नै बलियो रहेको देखाउँछ,’ देउवानिकट एक नेता भन्छन्, ‘सातै प्रदेशको पालिकामा अहिलेसम्म भएको अधिवेशनमा देउवा पक्ष नै अगाडि छ।’

कांग्रेस महाधिवेशन : स्याङ्जामा पौडेल पक्ष बलियो

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा स्याङ्जामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष बलियो देखिएको छ। पाँच नगरपालिका र ६ गाउँपालिका रहेको स्याङ्जामा दुर्इ नगरपालिकामा मात्र  सभापति शेरबहादुर देउवा पक्ष विजयी भएको छ। ११...

नेपाल पक्ष नयाँ दल गठनको गृहकार्यमा

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष नयाँ दल गठनको आन्तरिक गृहकार्यमा जुटेको छ ।एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष एकलौटी रूपमा अघि बढेको निष्कर्षसहित नेपाल पक्ष अब नयाँ दल गठन गर्ने निष्कर्षमा पुगेको छ । विधान संशोधन, सदस्यता नवीकरण, संगठन निर्माणसहित महाधिवेशनको तयारीमा ओली पक्ष एकलौटी रूपमा अघि बढेको नेपाल पक्षको विश्लेषण छ ।नेपाल निकटका नेता जगन्नाथ खतिवडाले ओली पक्ष एकलौटी रूपमा अघि बढेपछि आफूहरूसँग नयाँ दल गठनको विकल्प नभएको बताए । आफूहरूको पहिलो प्राथमिकता पार

यादव पक्ष सरकारमा, ठाकुर पक्ष जनतामा

काठमाडौं, साउन १६ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिएपछि अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष अलमलमा परेको छ । यद्यपि, ठाकुर पक्ष अब अर्को नयाँ दल खोलेर आफ्ना एजेन्डासहित जनतासमक्ष जाने योजनामा पुगेको छ । आयोगको निर्णयपश्चात् यादव पक्षले जसपाको कार्यकारिणी समितिको बैठक बसेर […]

यादव पक्ष सरकारमा, ठाकुर पक्ष जनतामा

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिएपछि अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष अलमलमा परेको छ । यद्यपि, ठाकुर पक्ष अब अर्को नयाँ दल खोलेर आफ्ना एजेन्डासहित जनतासमक्ष जाने योजनामा पुगेको छ ।आयोगको निर्णय पश्चात् यादव पक्षले जसपाको कार्यकारिणी समितिको बैठक बसेर विभिन्न निर्णय गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागि हँुदै छ । तर, ठाकुर–महतो पक्ष अब के गर्ने भन्ने विषयमा आन्तरिक छलफलमै व्यस्त छ ।ठाक

माधव नेपाल पक्ष सरकारमा नजाने

१३ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सरकारमा नजाने भएको छ । पार्टी एकता प्रक्रिया चलिरहेको र अर्को पार्टी नबनाएकाले नेपाल पक्ष सरकारमा सहभागी नहुने निष्कर्षमा पुगेको नेताहरुले बताएका छन् । ‘तत्काल सरकारमा सहभागी हुदैनौं । सरकारमा सहभागी हुन शेरबहादुर देउवालाई विश्वासको मत दिएको होइन’, नेपाल निकट नेता बेदुराम भुसालले अनलाइनखबरसँग […]

महन्थ ठाकुर पक्ष सर्वोच्च जाने

जनता समाजवादी पार्टीको आधिकारिकता गुमाएको महन्थ ठाकुर पक्ष सर्वोच्च अदालत जाने भएको छ । सोमवार निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि आयोगको सो निर्णयविरुद्ध ठाकुर पक्ष सर्वोच्च अदालत जाने भएको हो ।  मंगलवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै ठाकुर पक्षका नेता लक्ष्मणलाल कर्णले निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्च जाने बताए । उनले यस विषयमा आवश्यक कानूनी परामर्श गरिरहेको पनि बताए ।

जसपाका दुवै पक्ष निर्वाचन आयोग जाँदै

सहमतिका लागि आग्रह गर्न निर्वाचन आयोगले बोलाएपछि विवादरत जसपाका दुवै पक्ष आज आयोग जाने भएका छन् । अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव पक्ष एकले अर्कालाई गरेको कारवाहीलाई निर्वाचन आयोगले वैधता दिन अस्वीकार गरेको थियो ।  दुवै पक्ष एकले अर्कालाई कारवाही गरी आफूहरू आधिकारिक भएको दाबी गरेका थिए । निर्वाचन आयोगले दुवै पक्षको कारवाही नमिलेको भन्दै सहमतिको प्रयासका लागि छलफलमा बोलाएको थियो ।  पार्टीमा सहमति नभई कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै ठाकुर पक्षले उपेन्द्रलाई ...