अफगानिस्तानको राजधानी काबुलमा तालिबानले कब्जा गरेपछि राष्ट्रपति अशरफ गनी विदेश भागे तर उनका भाइ हशमत गनी तालिबानी संगठनमा प्रवेश गरेका छन् ।
तालिबान नेता खलील–उर रहमान र धार्मिक नेता मुफ्ती महमूद जाकिरसामु हशमतले तालिबान प्रवेश गरेको घोषणा गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
उनका दाइ पूर्व राष्ट्रपति अशरफ गनी देश छाडेर यूएईमा शरण लिन पुगेका छन् । यूएईले उनलाई मानवीय आधारमा शरण दिएको जनाएको छ ।
गनी अफगानिस्तानबाट पैसा समेत लिएर भागेको आरोप छ । तर उनले यी आरोप अस्वीकार गरेका छन् । हिंसा भ...