अकस परमाणु सम्झौताः फ्रान्सेली विदेशमन्त्री भन्छन्, अस्ट्रेलियाले धोका दियो

अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको परमाणु सम्झौतामा अस्ट्रेलियाले झुट बोलेको फ्रान्सले आरोप लगाएको छ । विदेशमन्त्री जीन यिभ्स ली ड्रायले अस्ट्रेलियाले विश्वासघात गरेर फ्रान्सलाई धोका दिएको बताए ।

सम्बन्धित सामग्री

अकस तनावबीच अमेरिकाको विदेशमन्त्रीसँगको बैठक रद्द

संयुक्त राष्ट्र महासभाका बेला फ्रान्ससमेत युरोपेली देश र अमेरिकाबीच हुन लागेको बैठक हाल रद्द गरिएको छ । अमेरिकी अधिकारीले समय तालिकामा देखिएका केही मुद्दाका कारण यो बहुपक्षीय छलफल रद्द गरिएको बताएका छन् । समाचार एजेन्सी रोयटर्सको खबर अनुसार यो बैठक ती तीन भेटघाटमध्ये एक थियो जो अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिंकन र फ्रान्सका विदेशमन्त्री जीन–यवेसले ड्रियनलाई अन्य देशसँग एउटै मञ्चमा सहभागी गराउनका लागि महत्वपूर्ण मानिँदै थियो ।पछिल्लो हप्तादेखि अमेरिका र फ्रान्सबीचको सम्बन्ध तनावपूर्ण रहँदै

फ्रान्सद्वारा अमेरिका र अस्ट्रेलियाबाट राजदूत फिर्ता

पेरिस,(एजेन्सी) । फ्रान्सले संयुक्त अधिराज्यसमेत संलग्न रहेको एउटा संयुक्त सुरक्षा सम्झौताको विरोधमा छलफलका लागि संयुक्त राज्य अमेरिका र अस्ट्रेलियाबाट आफ्ना राजदूत फिर्ता बोलाउन लागेको शनिबार जानकारी दिएको छ । फ्रान्सका विदेशमन्त्री जिन–भेस लि ड्रियनले परिस्थितिको ‘अपवादपूर्ण गाम्भीर्यता’ को कारण यस्तो ‘अपवादपूर्ण निर्णय’ गर्नुपरेको बताएका छन् । अकस नामक उक्त सम्झौताअन्तर्गत अस्ट्रेलियालाई अमेरिकाले पारमाणविक ऊर्जाबाट चल्ने […]