नेपाली राजनीतिको सबैभन्दा पुरानो र समाजवादी राजनीतिको परिपक्व दल नेपाली काँग्रेसको अहिले चौधौं महाधिवेशन हुने चर्चा चलिरहेको छ । परिपक्व विचार र स्पष्ट नेतृत्वको अभावमा नेपाली काँग्रेसले विभिन्न समयमा पार्टीभित्र र पार्टी बाहिरबाट आलोचना खेपिरहेको छ । नेपालको इतिहासमा सबैभन्दा पुरानो राजनीतिक दलको रापमा स्थापित पार्टी र नेपालको हरेक प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलनको नेतृत्व लिएको पार्टीको चौधौं महाधिवेशनको सरगर्मी चलिरहँदा अहिले काँग्रेसभित्रको विभिन्न खेमाको रस्साकस्सीसमेत सलबलाएको छ ।&