समृद्धि फाइनान्सले ल्यायो अब अनलाइनबाट खाता खोल्न सकिने सुविधा

साउन १, काठमाडौं । समृद्धि फाइनान्सले शुक्रवारदेखि नेपालको जुनसुकै ठाउँबाट अनलाइन खाता खोल्ने सुविधा ल्याएको छ ।  कम्पनीले कोभिड लागेका ग्राहकहरुका लागि कोभिडको उपचारमा सहयोग पुर्‍याउन कोभिड रिलिफ ऋण प्रदान गर्ने व्यवस्था गरिएको बताएको छ ।  ग्राहकले अनलाइनबाट जुनसुकै ठाउँबाट समृद्धि फाइनान्समा खाता खोल्न सक्नेछन् ।कम्पनीले संस्थाका नयाँ तथा पुराना ग्राहकहरुको उपचार तथा हस्पिटलको बिल भुक्तानी गर्नका लागि  “गाह्रो साह्रोमा सहयोग गर्न छँदैछ नि समृद्धि फाइनान्स” भन्ने मुलनाराका साथ ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको कोभिड रिलिफ लोनउपलब्ध गराउने भएको छ । नेपाल राष्ट्र बैंकबाट ग वर्गको इजाजतपत्रप्राप्त राष्ट्रिय स्तरको उक्त कम्पनीले हाल पाँच ओटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ । कम्पनीले आगामीदिनमा थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने योजना रहेको बताएको छ ।  कम्पनीले आईपीएस, कनेक्टआईपीएस, रेमिट्यान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीटकार्ड, क्यूआर कोड  जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ । यसैगरी कम्पनीले निक्षेपमा आकर्षक ब्याजदर कायम गरी हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यवसायकर्जा, व्यक्तिगतकर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ ।साथै कम्पनीले निकट भविष्यमा इन्टरनेट बैंकिङ्ग तथा ईकेवाईसीलगायतको प्रबिधिमा आधारित सेवाहरु पनि सञलनमा ल्याउने पनि बताएको छ ।   

सम्बन्धित सामग्री

माछापुच्छ्रे बैंकले ल्यायो अत्याधुनिक प्रविधिमा आधारित बचत खाता

माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिमा आधारित एम–स्मार्ट बचत खाता सञ्चालनमा ल्याएको छ । उक्त सुविधा अन्तर्गत ग्राहकले घरमै बसेर मोबाइल बैंकिङ एप्लिकेसनबाट खाता खोल्न सक्नेछन् । विज्ञान र प्रविधिले हरेक सेवा र सुविधा सहज बनाई रहेको अहिलेको परिवेशमा खाता खोल्नका लागि बैंकसम्म  पुग्नुपर्ने झन्झटबाट ग्राहकलाई मुक्ति दिने उद्देश्यले यो सुविधा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । साथै बैंकको मोबाइल बैंकिङ एपमा आफैले पासवर्ड रिसेट गर्न मिल्ने, नयाँ ग्राहकले सेल्फ रजिस्ट्रेसन गर्न

महालक्ष्मी विकास बैंकले ल्यायो ‘महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता’ योजना

काठमाडौं । महालक्ष्मी विकास बैंकले ७० महिनामै रकम डबल हुने ‘महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता’ योजना सञ्चालनमा ल्याएको छ । १० हजार रुपैयाँमै मुद्दती खाता खोल्न सकिने ‘महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता‘ मा ७० महिनामै मुद्दती रकमको दुईगुणा रकम भुक्तानी हुने बैंकले जनाएको छ । महालक्ष्मी विकास बैंकमा जुनसुकै बचत खाता खोलेका ग्राहकहरुले ‘महालक्ष्मी डबल […]

सिद्धार्थ बैंकले ल्यायो अनलाईन मार्फत डिम्याट खाता खोल्न सकिने सुविधा

सिद्धार्थ बैंकले अनलाईन मार्फत डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ । अब नयाँ डिम्याट खाता खोल्न परेमा ग्राहकहरुले भौतिक रुपमा बैंकसम्म उपस्थित नभई घरबाटै डिम्याट खाताका लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ।बैंकका अनुसार ग्राहकहरुले बैंकको वेबसाइटमा गई (EasyBank > Demat Services > Demat Account) वा सोझै 'https://onlinedemat.siddharthacapital.com/' मा गई आवश्यक विवरण भरी सहज रुपमा अनलाईन मार्फत आवेदन दिन सक्ने छन्। ग्राहकहरुले डिम्याट खाताको लागि आवेदन दिनुका साथै मेरोशेयर र सीआरएनको लागि समेत आवेदन दिन सक्ने छन्।ग्राहकहरुले पेस गरेको आवेदनलाई सिद्धार्थ क्यापिटलले डिम्याट खाता खोल्ने प्रक्रिया अघि बढाई फ्रिज स्थितिमा डिम्याट खाता खोल्नेछ । डिम्याट खाता खोलीसके पश्चात् ग्राहक महानुभावहरुलाई व्यक्तिगत प्रमाणीकरणको लागि परिचय खुल्ने कागजातहरू सहित ६० दिन भित्र नजिकको बैंक शाखा वा क्यापिटलमा उपस्थित हुन इमेल र एसएमएस मार्फत जानकारी गराइने बैंकले जनाएको छ । ग्राहकहरुले परिचय खुल्ने कागजातहरू सहित स्वयं उपस्थित भए पश्चात बैंकले उक्त कागजातहरू प्रमाणीकरण गरी डिम्याट खाता सक्रिय गर्नेछ । साथै, ग्राहक महानुभावहरुले मेरोशेयर र सीआरएनको लागि आवेदन दिएक छन् भने मेरोशेयर र सीआरएनको प्रक्रिया अघि बढाई ग्राहक हरुलाई आवश्यक विवरणहरु इमेल मार्फत प्रदान गरिने बैंकले जनाएको छ । बैंकले ल्याएको अनलाईन मार्फत डिम्याट खाताका लागि आवेदन दिन सकिने व्यवस्थाले ग्राहकहरु बैंकमा पुगेर लामो समयसम्म लाइनमा बस्नु नपर्ने र समयको बचत हुनुका साथै ग्राहकहरुलाई थप सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।

सनराइज क्यापिटलले ल्यायो निःशुल्क डिम्याट खाता खोल्ने सुविधा

सनराइज क्यापिटल लिमिटेडले निःशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ ।  क्यापिटलले “नेपाल सरकारको एक नेपाली एक डिम्याट खाता” अभियानलाई सार्थक बनाउने उद्देश्यसहित जेठ १६ गतेदेखि असार मसान्तसम्म सम्पूर्ण ग्राहकहरुलाई निःशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको हो । क्यापिटलको यस सुविधा तथा अभियानबाट विशेषत पूँजी बजार बाहिर रहेका गृहणी, विद्यार्थी तथा नयाँ लगानीकर्ताहरुलाई विशेष फाईदा पुग्नुका साथै सर्वसाधारण व्यक्तिहरुमा डिम्याट खाताको पहुँचमा वृद्धि हुने कम्पनील

नेपाल बैंकले एनआरएनएका लागि सञ्चालनमा ल्यायो आकर्षक निक्षेप खाता

नेपाल बैंकले गैर–आवासीय नेपालीहरुलाई लक्षित गरी आकर्षक सुविधासहितका एनआरएन निक्षेप खाताहरू सञ्चालनमा ल्याएको छ । विदेशमा बस्ने गैर–आवासीय नेपालीहरुले अब अनलाइनबाटै नेपाल बैंकमा विदेशी मुद्रामा बचत र मुद्दती खाता खोल्न सक्नेछन् । अमेरिकी डलर, पाउण्ड स्टर्लिङ र अष्ट्रेलियन डलरमा बैंकमा बचत तथा मुद्दती खाता खोल्दा उच्चतम ब्याज दिइने बैंकले जनाएको छ । अमेरिकी डलरमा बचत तथा मुद्दती खाता खोल्दा वार्षिक ब्याजदर क्रमश ४.५ प्रतिशत र ५ प्रतिशत दिइने छ  । अन्य विदेशी मुद्राको निक्षेपम

मुक्तिनाथ बैंकले सञ्चालनमा ल्यायो ‘सर्वोत्कृष्ट बचत खाता’

मुक्तिनाथ विकास बैंकले निक्षेपकर्ताहरुलाई ‘मुक्तिनाथ सर्वोत्कृष्ट बचत खाता’ सञ्चालनमा ल्याएको छ ।ग्राहकहरुले मात्र १० हजारको न्यूनतम मौजदमै मुक्तिनाथ बैंकको सर्वोत्कृष्ट बचत खाता खोल्न सक्ने गरी नयाँ खाता सञ्चालनमा ल्याएको हो । बचत खातामा बैंकले ग्राहकहलाई वार्षिक सर्वाधिक ब्याजदर ७.३५ प्रतिशतको दरले मासिक ब्याज भुक्तानी प्रदान गर्नेछ । यस खाताबाट मासिक बचत गर्ने र न्यूनतम लगानीमा […]

नबिल बैंकले ल्यायो ‘आजीवन डिम्याट खाता २०२२’ अफर

नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले नयाँ वर्ष २०२२ को अवसरमा ‘आजीवन डिम्याट खाता २०२२’ अफर ल्याएको छ । कम्पनीले आजीवन डिम्याट खाता खोल्न चाहने लगानीकर्ताहरुको लागि २ हजार २२ रुपैयाँमा जीवनभर नवीकरणको झन्झटबाट मुक्त हुने आजीवन डिम्याट तथा मेरो शेयर खोल्न पाउने व्यवस्था गरेको छ ।यो योजना जनवरी १ देखि २०२२ को अन्तिम डिसेम्बर महिनासम्मको लागि रहेको छ । यो सुविधा विद्यमान खातावालाहरुले पनि आफुले भुक्तानी गर्नुपर्ने नवीकरण वापतको बाँकी रकम भुक्तानी गरी प्राप्त गर्न सकिन्छ । कम्पनीले आ

नविल इन्भेष्टमेन्ट बैंकिङले ल्यायो आजिवन डिम्याट खातामा दशैं अफर

काठमाडौं, २१ असोज । नविल इन्भेष्टमेन्ट बैंकिङले दशै अफर ल्याएको छ । कम्पनीले आजीवन डिम्याट खातामा दशै अफर ल्याएको हो । नविल इन्भेष्टमेन्ट बैंकिङले आफ्ना कायम हितग्राही खातावालाहरु तथा नयाँ खाता खोल्न चाहने खातावाललाई यस्तो झन्झटबाट मुक्त गराउने उद्देश्यले नेपाल मै पहिलो पटक आजिवन डिम्याट खाताको योजना ल्याई अनलाइन बाट नै खाता स्वत नविकरणको सुविधा […]

मुक्तिनाथले ल्यायो मासिक ब्याज पाउने आकर्षक बचत खाता

काठमाडौं । मुक्तिनाथ विकास बैंकले निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी र बचत खाताहरु मध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने तथा मासिक ब्याज आर्जन हुने ‘मुक्तिनाथ सम्बृद्धि बचत खाता’ सञ्चालनमा ल्याएको छ ।ग्राहकहरुले मात्र १०० को न्यूनतम मौज्दातमै मुक्तिनाथ बैंकको सम्बृद्धि बचत खाता खोल्न सक्नेछन् र यस बचत खातामा बैंकले ग्राहकलाई वार्षिक सर्वाधिक ब्याजदर ५.२५% को दरले मासिक ब्याज भुक्तानी प्रदान गर्नेछ ।साथै पहिलो वर्षको लागि निःशुल्क मोबाइल बैंकिङ्ग तथा निःशुल्क इन्टरनेट बैंकिङ्गको सेवा सम

महालक्ष्मी विकास बैंकले ल्यायो वैभब बचत खाता, यस्तो छ ब्याजदर

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो २७औं वार्षिक उत्सवको अवसरमा आकर्षक वार्षिक ५.५० प्रतिशत ब्याजदरको वैभव बचत खाता सञ्चालनमा ल्याएको छ । कुनै पनि शाखा कार्यालयमा उपस्थित नभई आफू रहेको स्थानबाट नै आफ्नो नजिकैको शाखामा अनलाइन मार्फत ग्राहकहरुले सजिलै यस खाता खोल्न सक्नेछन् ।उच्चतम प्रतिफल प्राप्त गर्न सकिने वैभव बचत खातामा मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डिम्याट र मेरो सेयर जस्ता आवश्यक सुविधामा प्रथम बर्षको लागि शतप्रतिशत छुट प्रदान गरीएको बैंकले जनाएको छ । त्यस्तै उक्त खातामा लकर