काठमाण्डाै - सडक मर्मतको माग गर्दै ललितपुरको हरिसिद्धिका स्थानीय बासिन्दाले पनि सडक अवरुद्ध गरेका छन् । स्थानीय बासिन्दाको अवरोधका कारण सातदोबाटोबाट हरिसिद्धि हुँदै गोदावरी जाने गाडी प्रभावित भएका छन् ।
यो सडक खण्ड भएर चल्ने गाडीलाई हरिसिद्धि अस्पताल र सानागाउँ तर्फबाट आउने–जाने व्यवस्था मिलाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यसैगरी गोदावरीबाट आउने गाडीलाई ठैब, सानागाउँ, इमाडोल, ग्वार्को हुँदै आउने–जाने व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ । यसैबीच, काठमाण्डौ...