काठमाडौँ । हक्की स्वभाव, निर्भीक, उमेरले ६० पुगे पनि भर्खरको तन्नेरी जस्तो सक्रिय । एक कल फोनकै भरमा विदेशमा अलपत्र परेका नेपालीको उद्धार गर्न सक्ने । सरकारी अधिकारीसँग प्रष्ट कुरा राख्न सक्ने, दलाललाई पानी पानी बनाइदिन सक्ने बनाएको उनलाई सानो मिहिनेतले होइन । त्यसका लागि १३ वर्ष लाग्यो । सिन्धुलीका ६० वर्षीय इन्द्रलाल गोलेले वैदेशिक रोजगारीमा गएर समस्यामा परेका नेपालीलाई सहयोग गर्दै आएको १३ वर्ष पूरा भयो । उनी नेपालमा भन्दा पनि विदेशमा अलपत्र परेका नेपालीको सहयोगमा बढी सक्रिय हुन्छन्