विश्व कप फुटबलको नतिजालाई लिएर बेल्जियम र नेदरल्यान्ड्समा हिंसा

विश्व कप फुटबलको नतिजालाई लिएर बेल्जियम र नेदरल्यान्ड्समा हिंसा फैलिएको छ ।  हिजो मोरक्कोले बेल्जियमलाई २–० गोलले हराएपछि बेल्जियमलाई अघिल्लो चरणमा पुग्न समस्या थपिएको छ । बेल्जियम दुई खेलमा तीन अङ्कसहित तेस्रो स्थानमा छ ।कतारमा आफ्नो देशले हारेसँगै बेल्जियममा समर्थकले हिंसा मच्चाएका छन् । हारबाट आक्रोसित समर्थकले राजधानी ब्रसेल्समा दर्जनौँ पसल र गाडी तोडफोड गरेका छन् । केही घाइते भएका छन् । प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।यस्तै, नेदरल्यान्ड्सको राजधानी आम्टरडममा पनि फुटबल समर्थकले हिंस्रक प्रदर्शन गरेका छ...

सम्बन्धित सामग्री

विश्व कप फुटबलमा मोरक्कोले बेल्जियमलाई २-० गोलले हरायो

काठमाण्डाै - विश्व कप फुटबल अन्तर्गत समूह 'एफ' को दोस्रो चरणको खेलमा मोरक्कोले बेल्जियमलाई २-० गोलले हराएको छ  । कतारको अल थुमामा स्टेडियममा भएको खेलमा बेल्जियम मोरक्कोसँग पराजित भएको हो ।  मोरक्कोका लागि अब्देलहामिद साबिरीले ७३औँ मिनेटमा पहिलो गोल र इञ्जुरी समयकाे दोस्रो मिनेटमा जाकारिया अबोउखालले दोस्रो गरे ।  उनीहरु दुवै वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए । पहिलो हाफको इञ्जुरी  समयमा चियाचले गोल गरे पनि भीएआरले अफसाइड मान्यता दिएपछि पहिलो हाफ बराबरीम...

विश्व कप फुटबलमा आज चार वटा खेल हुँदै : जर्मनी र स्पेनबीचको खेल राति पौने १ बजे

काठमाण्डाै - फिफा विश्व कप फुटबलमा आज चार वटा खेल हुँदैछन् । आज समूह चरण अन्तर्गत समूह ‘ई’ र समूह ‘एफ’ का दुई/दुई वटा खेल हुनेछन् । आज हुने पहिलो खेलमा समूह ‘ई’ मा रहेको जापान र कोस्टारिका नेपाली समय अनुसार दिउँसो पौने ४ बजे खेल्दैछन् । एसियाको पावर हाउस मानिने जापानले पहिलो खेलमा जर्मनीलाई २–१ गोलले हराएको थियो । कोस्टारिका पहिलो खेलमा स्पेनसँग ७–० गोलको फराकिलो अन्तरले पराजित भएको थियो । आज हुने दोस्रो खेलमा समूह ‘एफ’ को बेल्जियम र मोरक्को बेलु...